काङ्ग्रेसको प्रथम प्रदेश १ अधिवेशन विराटनगरमा हुने


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ८

धरानः नेपाली काङ्ग्रेसको प्रथम प्रदेश १ अधिवेशन विराटनगरमा आयोजना गरिने भएको छ ।
नयाँ नेतृत्व चुन्नलाई मङ्सिर १६ गते प्रदेश अधिवेशन हुँदैछ । काङ्ग्रेसको १४ औंं महाधिवेशनअन्तर्गत अधिवेशनको उद्घाटन सत्र विराटनगर–२ शङ्करपुरमा रहेको खाली मैदानमा हुनेछ । काङ्ग्रेस प्रथम प्रदेश अधिवेशन प्रचार समिति संयोजक तथा काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बुधबार पत्रकार सम्मेलन गर्दै अधिवेशनको बन्दसत्र भने विराटनगर–९ जहदा रोडमा रहेको सिद्धी पार्टी प्यालेसमा हुने बताए ।
अधिवेशनमा प्रदेशभरबाट एक हजार सात सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।अधिवेशनमा २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापति, महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दरले सात सय, ५६ प्रदेशसभा निर्वाचन क्षेत्रबाट सभापति र १७ जना प्रदेश प्रतिनिधिका दरले नौ सय ५२ जना, १९ जना केन्द्रीय सदस्य र भातृ र शुभेच्छुक संस्थाबाट समेत प्रतिनिधि सहभागी हुनेछन् । क
अधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेस मोरडका सभापति डिगबहादुर लिम्बू संयोजक र भीम पराजुली सह–संयोजकका साथै केन्द्रीय सदस्यहरु अमृत अर्याल, पवन सारडा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी सल्लाहकार रहेको अर्थ संकलन समिति गठन भएको छ ।
कोइराला संयोजक रहेको प्रचार समितिमा नेपाल प्रेस युनियनका प्रदेश संयोजक लिला वल्लभ घिमिरे सदस्य सचिव छन् । यसैगरी सदस्यमा प्रेस युनियन प्रदेश १ का सचिव धनबहादुर पुरी, युनियन मोरङ अध्यक्ष भोजराज बस्नेत, निवर्तमान अध्यक्ष कुमार लुइँटेल र अजित झा छन् । कम्तीमा १ करोड खर्च हुने अनुमान गरिएको महाधिवेशनमा प्रतिनिधिहरुको आवास, खानपानदेखि अन्य खर्चसमेत गर्दा त्यति खर्च हुने देखिन्छ । प्रतिनिधिहरुको दर्ता शुल्कबाट ३२ लाखसम्म उठ्ने समेत जनाइएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप