मोटरसाइकलको ठक्करले गम्भीर बनेकी राईको धरानमा उपचारको क्रममा मृत्यु


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ८

उदयपुरः दुईपाङ्ग्रे सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । बेलका–५ जहडामा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्धा इच्छाकुमारी राईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमका अनुसार मृत्यु हुने वृद्धा बेलका–५ जहडाकै स्थानीय हुन् । मदन भण्डारी लोकमार्गअन्तर्गत बेल्टार–चतरा सडक खण्डमा पर्ने जहडामा सप्तरीको फत्तेपुरबाट रामपुर जाँदै गरेको को३४प २०३७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
घाइते भएकी राईको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । सोही अस्पतालको इमर्जेन्सी कक्षमा उपचार हुँदै गर्दा डाक्टरले मृत घोषणा गरेका थिए ।
मृतक बृद्धलाई ठक्कर दिने मोटरसाइकल चालक सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय आलोक राईसमेत घाइते भएको प्रहरीले जनाएको छ । उनको प्रतिष्ठानमै उपचार भइरहेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप