९ जना जुवाडे समातिए


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ८

दमकः झापाको दमक नगरपालिका ५ का टेकबहादुर कार्कीको घरकोमा तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घरधनी ४६ वर्षीय कार्की, सोही स्थानका ५१ वर्षीय कुशराज खत्री, ५४ वर्षीय सुरेश भण्डारी, ३८ वर्षीय नारायण कडरिया, ४१ वर्षीय सुर्य न्यौपाने, ४८ वर्षीय खगेन्द्र भुजेल, ४० वर्षीय खगेन्द्र राजवंशी, सोही स्थान ८ का २९ वर्षीय प्रदिप थापा र कमल गाउँपालिका ५ का ३० वर्षीय सुरेश सुब्बा रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तीन बुङ तास र नगद २९ हजार ७४५ रुपैयाँसहित पक्राउ गरिएको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप