बोलेरोको ठक्करले मोटरसाइकल चालकको मृत्यु


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ८

बिर्तामोडः झापा कन्काई नगरपालिका ३ पवित्रा पेट्रोल पम्पमा रहेको पूर्व–पश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा कन्काई नगरपालिका ६ का ६० वर्षीय कविराज बोहोरा रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे९प ६५१९ नम्बरको मोटरसाइकललाई सोही दिशा पछाडिबाट आउँदै गरेको मे१ज १४०५ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो ।
बोलेरोको ठक्करबाट घाइते भएका बोहोराको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मङ्गलबार बेलुका साढे ७ बजे मृत्यु भएको हो । सो दुर्घटनाबाट बोलेरोमा सवार चारजना यात्री समेत घाइते भएका छन् । घाइतेहरुको बिर्तामोडको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बोलेरो र चालक इलाम देउमाई नगरपालिका १ का २७ वर्षीय निमेश गुरुङ इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप