धरानका युवा नियन्त्रित औषधिसहित समातिए

ब्राउनसुगरसहित युवा पनि पक्राउ


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ८

नियन्त्रित औषधिसहित पक्राउ परेका धरानका युवा (दायाँ) ।

धरानः धरान-५ देउरालीका २४ को अनम राईलाई नियन्त्रित औषधीसहित पक्राउ गरिएको छ ।
मङ्गलबार बेलुका साढे ६ बजे अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट नियन्त्रित औषधी ट्रामाडोल ४२५० ट्याव्लेट र स्पास्पेइन ४३०० ट्याब्लेट बरामद गरेको हो । पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको कन्काई नगरपालिका ७ बिरिङबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान ३ का २८ वर्षीय सुप्रकाश राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण कार्यालय ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ५ ग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप