यसपटकको ११ तस्वीर


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ८

उदयपुरको मैनामैनी छेऊमा बाटोमै जनगणनामा सहभागी गणक र स्थानीयबासी । तस्वीरः शेखरनाथ जोगी

उदयपुरको मैनामैनी जाने बाटोबाट देखिएको बराहक्षेत्र मन्दिर । तस्वीरः शेखरनाथ जोगी

उदयपुरको मैनामैनी जाने बाटोबाट देखिएको कोशी नदीमा बनाइएको पुल । अहिले यस पुलले पर्यटक तान्न थालेको छ । यहाँ तस्वीर खिचाउने पुग्नेहरु बढ्न थालेका छन् । तस्वीरः शेखरनाथ जोगी

धरान–१२ स्थित मेघा हिमालयन कलेजमा राखिएको विद्यार्थीको मूर्ति । तस्वीरः हाम्रो कोशी आवाज

ताप्लेजुङको सदरमुका फुङिलङको ताक्मे डाँडामा शनिबार लाग्ने हाटमा गाउँदेखि ल्याएर सुँगुरका पाठापाठी बिक्री गरिँदै । तस्वीरः दिलकुमार लिम्बू

ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रका स्थानीय समुदायको जीवनस्तरमा टेवा पु¥याउने उद्देश्यले समृद्ध पहाडको सहयोग र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा कञ्चनजङ्घा क्षेत्रमा गाडिँदै गरेको स्नो पोल । कञ्चनजङ्घाको पर्यटकीय पदमार्गको यात्रामा पोल गाडेपछि बाह्य तथा आन्तरिक पर्यटकलाई बाटो देखाउने मात्र नभएर हिउँ कति मात्रामा छ भनेर अनुमान गर्न सहज हुनेछ । तस्वीरः दिलकुमार लिम्बू

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप