सुनसरी क्षेत्रीय १ सभापतिमा सुजेन्द्रको स्वतः सहज जीत

पार्टीलाई एकढिक्का बनाउँछुः तामाङ, जीतपछि धरानको मतगणनास्थलमा जे देखियो (२४ तस्वीर र भिडियोसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ८

धरानः आफूले स्वतः जीत हात हासिल गर्छु भन्दै दावी गर्दै आएका सुजेन्द्र तामाङ अन्ततः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा विजयी बनेका छन् ।
मङ्गलबार राति प्राप्त मत परिणामअनुसार उनले ३९३ मत ल्याएर विजयी बने । उनका निकटम प्रतिद्वन्द्वी लक्ष्मी खतिवडाले २१५ मत पाइन् । विजयी तामाङले खतिवडाभन्दा १७८ मत बढी पाए ।
यसैगरी, सचिवमा तामाङ प्यानलका उम्मेदवार महेन्द्र प्रधानले ३६४ र केशव पुरीले ३२१ मत पाए भने सचिव पदमा खतिवडा प्यानलका उम्मेदवारद्वय देवेन्द्र लिम्बूले २९३ र जयबहादुर लिम्बूले १७२ मत पाएका छन् । यस्तै, सहसचिव पदमा तामाङ प्यानलका भोजकुमार न्यौपानेले ३७२ र सुमित राईले ३८२ मत पाएर विजयी भए । सचिव पदमा खतिवडा प्यानलका उम्मेदवारद्वय नविन ढकालले १६१ र नादर राईले २०७ मत मात्र पाएर पराजित भए ।
विजयी बनेका तामाङ पौडेल–कोइराला समूहमा थिए भने खतिवडा देउवा समूहमा थिइन् । जीतपछि सबै मतदातालाई धन्यवाद दिँदै तामाङले पार्टीलाई एकढिक्का बनाएर लैजाने बताए । हाम्रो कोशी आवाज डटकमसँग कुरा गर्दै उनले नयाँ विचारको जीत भएको उनको धारणा थियो । विजय घोषणाअघि नेता, कार्यकर्ताहरुले मतगणना भइरहेको स्थानदेखि बाहिर नाचगानलगायको कार्यक्रम पनि गरे ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप