‘गाउँ आएको बाटो’ चलचित्र धरानलगायत पूर्वमा खिचिने


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ७

धरानः नेपाली कथानक चलचित्र ‘गाउँ आएको बाटो’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा पत्रकार सम्मलेन गरेर चलचित्र निर्माणको घोषणा गरिएको हो ।
दयाहाङ राई र पशुपति राई मुख्य भूमिकामा रहेको चलचित्र महेश राई र नवीन सुब्बाले लेखेका हुन् । केही दिनपछि छायाङ्कनमा जाने चलचित्र भोजपुरको बालङ्खा, सङ्खुवासभाको खाँदबारी, सुनसरीको धरान र काठमाडौंमा खिचिनेछ ।
आमोद राईले चलचिमा लगानी गरेका छन् । यो चलचित्र समुदायस्तरबाट निर्माण गरिएको निर्देशक सुब्बाले जानकारी दिए । राई समुदायको कथा रहने चलचित्रमा राई समुदायकै लगानी रहेको उनको भनाइ छ ।
विश्व बजारसँग प्रतिस्पर्धा गर्ने चलचित्र बनाउन सक्नु पर्नेमा जोड दिँदै उनले अन्यथा नेपाली बजारमै पनि नेपाली चलचित्र टिक्न नसक्ने अवस्था आएको बताए । गुणस्तरीय मौलिक चलचित्र बनाउने प्रयास गर्ने भन्दै निर्देशक सुब्बाले नेपालमा बडो मुस्किलले सिनेमा निर्माण भइरहेको बताए । यस्तै अवस्था रहे नेपाली सिनेमाले निरन्तरता पाउनेमै शंका गर्नु पर्ने ठाउँ रहेको उनको भनाइ छ । चलचित्रलाई नवीन सुब्बाले निर्देशन गर्दैछन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप