कांग्रेस क्षेत्र नं. १ को चुनाव

धरानमा किरियापुत्रीले पनि गरे मतदान


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ७

धरानः धरानमा नेपाली कांग्रेसको सुनसरी क्षेत्र नं. १ का लागि भएको मतदानमा एक किरियापुत्रीले पनि मतदान गरेका छन् ।
धरान-१५ महादेव चोक निवासी भवानी ओझा निर्वाचनमा मतदान गर्न किरियापुत्रीकै भेषमा मतदानस्थल पुगेका थिए । बुबाको निधनपछि उनी हिन्दू संस्कार बमोजिम किरिया बसेका थिए ।
धरान-८ सभागृहस्थित मतदान केन्द्रमा पुगेर उनले मतदान गरेको मतदान अधिकृत इन्द्रमोहन झाले जानकारी दिए । उनलाई मतदान अधिकृत झाले मतदान गर्न सघाएका थिए ।
यस्तै, निर्वाचनमा फरक क्षमता (दृष्टिविहीन) भएका धरान–७ का इन्द्रकुमार लिम्बूले पनि मतदान गरिसकेका छन् । उनलाई मतदान अधिकृत झाले मत खसाल्न सहयोग गरेका थिए ।
निर्वाचन ३ बजेसम्म चल्नेछ । मतदानपछि लगत्तै मतगणना थालिने अधिकृत झाले जानकारी दिए । ‘३ बजेसम्म मतदानस्थलसम्म प्रवेश दिइनेछ, त्यतिञ्जेल जतिजना छिरे उनीहरुले मतदान गर्न पाउनेछन्, त्यसपछि लगत्तै मतगणना थालिहाल्छौं ।’ उनले भने । ६२९ जनाले मत खसाल्ने र नेतृत्व चयन गर्ने र अहिले ७० प्रतिशत मत खसिसकेको उनले जानकारी दिए । यसपटक सुनसरी क्षेत्र नं. १ का लागि सुजेन्द्र तामाङ र पहिलोपटक महिला नेतृ लक्ष्मी खतिवडा चुनावी मैदानमा छन् ।
तस्वीरहरुः लक्ष्मण थापा

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप