धरानमा कांग्रेस प्रतिनिधि चुन्न चुनाव शुरु

६२९ जनाले मत खसालेर नेतृत्व चयन गर्दै, फरक क्षमता भएका एकजनाले पनि मत खसाले (१८ तस्वीरसहित*)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ७

धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. १ को नेतृत्व चयनका लागि मतदान शुरु भएको छ ।
धरान–८ स्थित सभागृहमा अहिले मतदान भइरहेको छ । बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने र नेतृत्व चयन हुने जनाइएको छ । कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको मतदानस्थलमा सभापतिका उम्मेद्वार बनेका सुजेन्द्र तामाङ र लक्ष्मी खतिवडाले मत हालिसकेको मतदान अधिकृत इन्द्रमोहन झाले जानकारी दिए ।
निर्वाचनमा ६२९ जनाले मत खसाल्ने र नेतृत्व चयन गर्नेछन् । यसपटक क्षेत्र नंं. १ को लागि सुजेन्द्र तामाङ र नेतृ लक्ष्मी खतिवडाको प्यानलको समूह चुनावी मैदानमा छ । निर्वाचनमा फरक क्षमता (दृष्टिविहीन) भएका धरान–७ का इन्द्रकुमार लिम्बूले पनि मतदान गरेका छन् । उनलाई मतदान अधिकृत झाले मत खसाल्न सहयोग गरेका थिए । उम्मेद्वार सुजेन्द्रले यसअघिका निर्वाचनका परिणामले आफूले स्वतः जित्ने दावी गर्दै आएका छन् भने इमान्दार कार्यकर्ताले आफूलाई भोट खसाल्ने बताउँदै नेतृ खतिवडाले पनि आफूले नै बाजी मार्ने दावी गर्दै आएकी छिन् । सुजेन्द्र पौडेल–कोइराला समूहमा छन् भने खतिवडा देउवा समूहमा छिन् ।
तस्वीरहरुः लक्ष्मण थापा

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप