कक्षा-१२ को आवेदन फाराम खुल्यो


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ६

धरानः राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को आवेदन फाराम खुला गरेको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भोलि मङ्सिर ७ गतेबाट लागु हुने गरी आवेदन फाराम खुला गरिएको जानकारी दिए ।
फाराम आगामी माघ २१ गतेसम्म भर्न सकिनेछ । सो दिनपछि माघ मसान्तसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिनेछ । उनले विद्यालयहरुले आवेदन फाराम भरेर आगामी फागुन ७ गतेभित्र बोर्डको सम्बन्धित कार्यालयमा बुझाइसक्नुपर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप