जो प्रदेश १ भरको उत्कृष्ट प्रहरी घोषित भए

जसले सेफ्टी ट्याङ्कीभित्र शव फेला पारी हत्यामा संलग्नलाई सार्वजनिक गरे


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ६

विराटनगरः इलाका प्रहरी कार्यालय दमक झापा दरबन्दी भई सोही कार्यालयमा कार्यरत् प्रहरी नायव उपरीक्षक नवराज कार्की कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेका कारण उनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
उनले झापाकोगौरादह नगरपालिका वडा नं.५ वस्ने वर्ष ४६ को मबेसिर हुसेन मियाँ प्रकरणमा उल्लेखनीय भूमिका निभाएका थिए । मियाँ गत कार्तिक ११ गते बिहान ११ बजेदेखि हराएका थिए । निवेदनका आधारमा निजको खोजतलास गर्ने क्रममा कर्तब्य गरी मारी सोही नगरपालिका वडा नं. ५ स्थित महमद सद्दामको घरदेखि दक्षिणतर्फ बाहिर रहेको शौचालयको सेफ्टी ट्याङ्कीभित्र कम्बलमा पोको पारी फालिएको अवस्थामा उनको शव फेला परेको थियो ।
गत कार्तिक २६ गते निजको मृतक लाश फेला पारी सो घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन सफल भई अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान तथा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गरेकोले उनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेशअन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा महिना दिनसम्म राखिँदै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप