धरानको उद्यमशील सहकारी नाफामा

३ करोड ३६ लाख बढी आम्दानी गर्न सफल, विभिन्न व्यक्तित्वलाई सम्मान (१७ तस्वीरसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ५

धरानः धरान–१० स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सहकारीले आव २०७७–७८ मा १ अर्ब ६६ करोड ८६ लाख ८ हजार ४ सय ८४ रुपैयाँ १६ पैसा कुल कारोबार गरेको अध्यक्ष डा. योगेन्द्र राईद्वारा जारी वार्षिक प्रतिवेदनमा जनाइएको छ । कार्यक्रममा उनले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा सहकारीले आव २०७७–७८ मा खुद बचत ३६ लाख ९२ हजार २ सय ८९ रुपैयाँ ५० पैसा र ३ करोड ३६ लाख ६ हजार ३ सय ९ रुपैयाँ ९५ पैसा कुल आम्दानी गर्न सफल बनेको जनाइएको छ ।
संस्थाले आव २०७७–७८ को अन्त्यमा ३ करोड ३६ लाख ६ हजार ३ सय ९ रुपैयाँ ९५ पैसा कुल आम्दानी गरेकोमा कुल खर्च २ करोड ९६ लाख ३६ हजार १ सय ६ रुपैयाँ १९ पैसा गरेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, आव २०७७–०७८ को अन्त्यमा ४ करोड ६४ लाख ९७ हजार ३ सय रुपैयाँ शेयर पुँजी पुरयाउन सफल भएको बताउँदै २३ करोड ६७ लाख ४९ हजार ९ सय २७ रुपैयाँ ६६ पैसा निक्षेप पुरयाउन सफल भएको जनाइएको छ ।
यस्तै, सहकारीले विभिन्न कोषहरुमा बाँडफाँड गर्दा शेयर बोनस कोषमा १२ लाख ९२ हजार ६ सय ५३ रुपैयाँ ६९ पैसा सञ्चित गर्न सफल भई कुल शेयर पुँजीको ५ प्रतिशतका दरले लाभांश वितरण गर्न सफल भएको जनाइएको छ ।
साधारणसभामा व्यवस्थापकीय प्रगतिबारे जानकारी दिँदै सहकारीका व्यवस्थापक जीतबहादुर राउतले सहकारीले गत सालभन्दा यस वर्ष शेयर रकममा ११०.१५ प्रतिशत, बचतमा ९१.६४ प्रतिशत, ऋण लगानीमा ८२.५८ प्रतिशत, ऋण असुलीमा ५८.८६ प्रतिशतले वृद्धि र कोष रकममा थप ९०.७६ प्रतिशतले वृद्धि गर्न सफल भई सदस्य विस्तारमा समेत ७१.६१ प्रतिशतले वृद्धि गर्न सफल भएको बताएका छन् । उनले आर्थिक वर्ष २०७७–०७८ मा सम्पन्न भएका मुख्य कार्यहरू, संस्थाको उपलब्धिहरूको बारेमा शेयर सदस्यहरूलाई जानकारी गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.१ का सभामुख प्रदीपकुमार भण्डारीले तीनखम्बे नीतिअनुसार सहकारीको अभियानलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ सुनसरीका वरिष्ठ उपाध्यक्ष एवम् धरान–१५ नम्बर वडाका वडाअध्यक्ष नरेशकुमार इवारम, बाँझगरा बहुउद्देश्यीय कृषक संघका सल्लाहकार मुक्सामहाङ मेन्याङबोलगायतले बोलेका थिए ।
विभिन्न व्यक्तित्वलाई सम्मान
सहकारीले यसवर्षबाट पत्रकार सम्मान समेत शुरुवात गरेको छ । कार्यक्रममा औजार राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक रणध्वज लोहारलाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको छ । कार्यक्रममा जेष्ठ सदस्य सम्मान धरान–१३ का शंकर बहादुर राईलाई प्रदान गरिएको थियो । उनलाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो । यसैगरी असल तथा नियमित बचतकर्ता सम्मान १४ जनालाई प्रदान गरिएको थियो भने १३ जना असल ऋणीलाई समेत सम्मान गरिएको थियो । कर्मचारीतर्फ घनश्याम राउत उत्कृष्ट कर्मचारी, बल बहादुर लिम्बू उत्कृष्ट नियमित बजार कर्मचारी, खेम कुमारी कट्वाल र सविना राई असल तथा नियमित कर्मचारी बनेका छन् । उनीहरुलाई समेत नगद सहित सम्मानपत्रले सम्मान गरिएको थियो ।
सहकारीले सदस्य सम्मानतर्फ विशेष सहयोग सम्मान धरान–१५ की कुमारी भुजेल मगरलाई प्रदान गरिएको थियो । जग्गा खरिद कोषमा सहयोग गर्ने शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । सम्मान प्राप्त गर्ने सदस्यहरुमा धरान–८ का शिशिर राई, धरान–१० की ज्योति राई, निलिमा मल्ल, धरान–११ का भिमकुमारी राई, इन्द्र कुमारी गुरुङ, अनिता श्रेष्ठ, विमित राज श्रेष्ठ, हेलेन राई, इन्द्रबहादुर मादेन, चन्द्रबहादुर तामाङ, यशोदा राई, धरान–१५ की आशाकुमारी राई, धरान–१६ की अमृता रामदाम, धरान–१७ का सन्देश कुलुङ राई, दिलकुमारी राई र बलबहादुर लिम्बू रहेका छन् । उनीहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथि संस्थाका शेयर सदस्य तथा वडा नं.५ का अध्यक्ष सन्तोष लिम्बू, जिल्ला सहकारी संघ सुनसरीका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलगायतको उपस्थिति रहेको थियो ।
हाल सहकारीमा सेवा केन्द्रसहित २० जना नियमित कर्मचारीहरु कार्यरत छन् भने १ हजार ७ सय २३ शेयर सदस्यहरु रहेका छन् । कार्यक्रममा लेखा संयोजक आरती राईले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप