धरानमा विश्व बाल दिवस


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ४

धरानः धरानमा विश्व बाल दिवस मनाइएको छ ।
धरान–९ स्थित अपाङ्ग पुनस्थापना केन्द्रको आयोजना कार्यक्रम भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा. विजय शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता सल्लाहकार अशोक अग्रवालले गरेका थिए ।
कार्यक्रममा बाल विशेषज्ञ डा. राजेशप्रसाद शाह, विराट मेडिकल कलेजकी डा. रानी रौनियार, बालरोग विशेषज्ञ डा.अरुणकुमार सिंह, केन्द्रका सल्लाहकार पूर्णकुमारी श्रेष्ठ, संयोजक सुनिल खड्का, सहसंयोजक दीपनारायण श्रेष्ठलगायतको उपस्थिति थियो । उनीहरुले १५ जना बढी बालबालिकाहरुलाई स्वास्थ्य परामर्श पनि गरेका थिए ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप