धरानमा चासोक तङनाम २०७८

मनु लिम्बूलाई भाले र क्षितिजकुमार राईलाई पोथी पुरस्कार


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ४

धरानः धरानमा एकदिने चासोक तङनाम २०७८ सम्पन्न भएको छ ।
धरान–५ स्थित याक्थुङ साक्थिम चुम्लुङ्देन परिसरमा कार्यक्रम सम्पन्न भएको हो । धार्मिक तथा साँस्कृतिक पर्यटनको विकास गर्ने उद्देश्यले स्थापना भएको याक्थुङ साक्थिम चुम्लुङ्देन संरक्षण समिति धरान–५ को आयोजनामा यस्तो कार्यक्रम आयोजना भएको हो ।
चासोक पूजा गरी शुभारम्भ भएको कार्यक्रममा लिम्बू समुदाय तथा गैर लिम्बूहरुको पनि सहभागिता रहेको थियो ।
चासोक पूजा गर्दा आफूले लगाएको नयाँ अन्नबाली प्रकृतिदेव तथा स्टदेवलाई पहिले चढाएर मात्र खानुपर्छ भन्ने लिम्बू समुदायमा चलन रहेको छ । त्यसैले वर्षैपिच्छे चासोक पूजा गरिन्छ । यो न्वागी पूजा घर–घरमा गरिनुको साथै सामूहिक रुपमा पनि गरिन्छ ।
कार्यक्रममा केलाङ, यालाङ र पक्लुङ लेप्मा (छेलो हान्ने) प्रतियोगिता गराइएको थियो । महिलातर्फ मनु लिम्बू प्रथम भएकी छिन् । उनले भाले पुरस्कार प्राप्त गरिन् । त्यसैगरी पुरुषतर्फ क्षितिजकुमार राईले प्रतियोगी सबैलाई जिती पोथी पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रम समितिका अध्यक्ष फोक्वाहाङ सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव स्वर्णिमहाङ फोम्बो लिम्बूले गरेका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप