प्रदेशस्तरीय ‘बडी बिल्डिङ’ को तयारी

बिजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पाउने


  • सुरेन्द्र भण्डारी
  • २०७८ मंसिर ४

बिर्तामोडः झापामा प्रदेशस्तरीय वडी बिल्डिङ च्याम्पियनसीप हुने भएको छ ।
बिर्तामोड–५ मा रहेको बडी ग्यारेजको आयोजनामा फागुन २७ र २८ गते प्रदेशस्तरीय मिस्टर कञ्चनजङ्घा बडी बिल्डिङ च्याम्पियनसिप आयोजना गरिएको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगितामा एक सय जना महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजीमाथि तौल समूहको छुट्टाछुट्टै प्रतिष्पर्धा हुने र प्रतियोगिताका ओभरल च्याम्पियनसिपले तीन लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, फष्ट र सेकेण्ड रनरअपले दुई लाख र एक लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल आयोजक समिति संयोजक राम दाहालले जानकारी दिए ।
खेल क्षेत्रको माध्यमबाट स्वास्थ्य रहन प्रत्येक जनसाधारणलाई अभिरुचि जगाउँदै यस खेलप्रतिको मोह बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले जानकारी दिए । महिला र पुरुषका लागि छुट्टाछुट्टै प्रतियोगिता आयोजना हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका बिजेताले यो प्रतियोगितामा भाग लिन नपाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप