सफल मानिसका ५० बानी


  • कोशी अवाज
  • २०७८ मंसिर ३

जीवनमा सफता पाउने सपना, थुप्रै धन कमाउने र महान बन्ने सपना त धेरैको हुन्छ । तर सबैका सपना पूरा हुँदैनन् ।
उनीहरु मात्रै सफल हुँदैनन जसले बिभिन्न बहाना बनाएर मेहनत गर्नबाट जीवन संघर्षको जाखिम उठाउनबाट पन्छिने गर्छन् । जीवनमा सफलता प्रापत गर्नका लागि पहिलले जोखिम बहन गर्न र मेहनत गर्ने आँट गर्नुपर्छ ।
याद गर्नुस बाहाना बनाउनेहरु संसारमा कहिल्ल पनि सफल भएका छैनन् । सफलतको सबै भन्दा ठूलो बाधक भने कै तपाईले गर्ने बाहाना र अरुलाई दिने दोष मात्र हो । धन सम्पती पैसा वा तपाईको परिस्थिती होइन ।
एकपटक यी तल उल्लेखित बानीहरूको अध्ययन गरी आफ्नो बानीलाई एकपटक अध्ययन गर्नुहोस्, आफ्नो बानी र तल उल्लेख गरिएका बानीहरूको बारेमा के फरक छ ?
यसको विश्लेषण गरी आफ्नो जीवनमा प्रयोग गर्नुहोस् । यसबाट गहिरो प्रेरणा, बुद्धि र अन्तरदृष्टिलाई सुधार गर्न मद्दत गर्छ । निम्न बानीहरू दैनिक भवनमा अझ समर्थनात्मक र व्यावहारिक हुन्छन् जसले संसार जित्न सजिलो हुन्छ ?
१) जहाँ अरूले केही देख्दैनन तिनीहरू खोज्छन् र अवसरहरू पाउँछन्, २) अन्य व्यक्तिहरूले समस्या नै समस्या मात्र देख्छन् तर उनीहरू अवसरै अवसर मात्र देख्छन् ।
३) हरेक समस्याको समाधानमा मात्र केन्द्रित हुन्छन् ।
४) संचततापूर्वक र विधिपूर्वक आफ्नो सफलता सिर्जना गर्छन् तर आस गरेर बस्दैनन् ।
५) अरूझै सरल देखिन्छन तर काम भने विशिष्ट र उत्कृष्ट गर्छन् ।
६) एउटा उत्पादनशील, सिर्जनात्मक र सकारात्मक प्रश्नहरूमात्र गर्छन्, ७) बिरलै सिकायत (शक्तिको बर्बादी) गर्छन्,
८) अरूलाई दोष लगाउदैनन्, आफूले गरेका कार्यहरू र परिणामका लागि पूर्ण जिम्मेवारी आफै लिन्छन् ।
९) सम्भावनालाई सधैं अगाडि बढाउने र अझ प्रभावकारी तरिकाले प्रयोग गर्ने चाहना गर्छन् ।
१०) सधैं व्यस्त हुन्छन्, उत्पादनशील र क्रियाशील योजनामा व्यस्त हुन्छन्, ११) आफ्नो टिमको एउटा हिस्सा म पनि हुँ भन्ने बुझदछन् र जित जितको सम्बन्ध सिर्जना गर्दछन् ।
१२) बढी महत्वकाँक्षी हुन्छन्, कल्पना गर्न चाहन्छन्, सबैभन्दा राम्रो जीवन बाँच्न चाहान्छन् । त्यसैगरी उच्च जीवन बिताउँछन् ।
१३) स्पष्ट र निश्चित दृष्टिकोण हुन्छ कि जीवनका लागि के तिनीहरू चाहन्छन वा चाहदैनन् ।
१४) नक्कल गर्नभन्दा अन्वेषण गर्न रुचाउँछन्,
१५) अन्य व्यक्तिलाई पर्खेर आफ्नो समय खेर फाल्दैनन्,
१६) जीवनभर नै सिकारूहरू बनिरहन्छन र सधैं नयाँ विचारमा तल्लीन हुन चाहन्छन् १७) असल चिज पत्ता लगाउन सक्ने क्षमता हुन्छ ।
१८) आफ्नो जीवनलाई नै रोक्दै र सूरू गर्दै जीवन बिताउन चाहँदैनन्, १९) आर्थिक, सम्वेगात्मक, व्यवसायिक र मनोवैज्ञानिक कुराहरूमा जोखिम लिन तयार हुन्छन् ।
२०) समस्याहरू र चुनौतीहरूसँग चाँडो र प्रभावकारी ढङ्गले उपयोग गर्दछन् ।
२१) आफ्नै सबभन्दा राम्रो जीवन सक्रियरूपले र सचेततापूर्वक सिर्जना गर्न प्रतिबद्ध गर्छन् ।
२२) सक्रिय मात्र होइन पुनः सक्रिय भएर आफ्नो काम पुरा गर्दछन् ।
२३) व्यवस्थापन प्रणाली प्रभावकारी २४) सचेततापूर्वक सञ्चार गर्दछन् गर्छन् ।
२५) जीवन एउटा सफल योजनाबद्ध घटना र परिणामको संयोग हो भन्ने ठान्छन् ।
२६) सफल मानिसहरूले गर्ने निर्णय अन्य मानिसहरूले गर्न जान्दैनन् र गर्दैनन् ।
२७) सफल मानिसहरूले कामको मूल्य र फाइदा स्पष्ट बुझ्छन् ।
२८) आफ्नो मूल मर्म पहिचान गरेका हुन्छन् ।
२९) सन्तुलनमा काम गर्ने क्षमता हन्छ ।
३०) अनुशासन, आत्म नियन्त्रण र शक्तिको महत्व बभदछन् ।
३१) हरेक समय सुरक्षित हुन्छन् ।
३२) दयालु र दानी हुन्छन् र अरूलाई सहयोग गर्दा उनीहरू आनन्द लिन्छन् ।
३३) नयाँ अपरिचित साथीहरूलाई आदर गर्दछन् ।
३४) सरल हुन्छन् र गल्ती स्वीकार गर्न र माफी माग्न अप्ठयारो र लाज मान्दैनन्।
३५) आफ्नो शरीरको हेरचाह गर्न सबल .हुन्छन् ।
३६) बलियो इन्जिन भएकाले कडा कार्य गर्छन् र अल्छी हुँदैनन् ।
३७) लचकदार हुन्छन् ।
३८) खुल्ला हुन्छन् र पृष्ठपोषण गर्न र सुन्न मन पराउँछन् ।
३९) अल्छी मनिससित अल्मलिदैनन् ४०) आफ्नो शक्तिलाई नियन्त्रण बाहिर राख्दैनन् ।
४१) आफ्नो मानिस खुसी पार्नेभन्दा पनि पेसागत काममा ध्यान दिन्छन् । ४२) आफ्नै कम्पनीमा काम गर्न आनन्द मान्छन् ।
४३) वचनबद्धता र प्रतिबद्धता हुन्छन् जुन काम गर्ने शक्ति र क्षमता प्रदर्शन गर्दछन् ।
४४) असफलतबाट डराउँदैनन् ।
४५। खुसी र आनन्द लिन जान्दछन् ।
४६) जीवनवृत्ति परिचय र पहिचान होइन, कर्म हो भन्ने सोच गर्दछन्
४७) प्रभावकारिता र सङ्क्षिप्ततामा चाख राख्छन् ।
४८) जति सुरू गर्छन्, त्यसलाई समाप्त पनि गर्छन् ।
४९) बहुआयामिक हुन्छन् ।
५०) सिद्धान्तका बारेमा कुरा गर्दैनन्, वास्तविकतामा बाँच्छन् र रमाउँछन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप