रोनाल्डोलाई पछि पार्दै मेस्सीले जिते गोल ५० अवार्ड


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर २

एजेन्सी: फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले गोल ५० को अवार्ड जितेका छन् । मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै उक्त अवार्ड हात पारेको हो ।

भोटिङको अन्तिम दिनसम्म रोनाल्डो अघि रहे पनि पछिल्लो २४ घन्टाको नतिजामा मेस्सीले रोनाल्डोलाई झिनो मत अन्तरले पछि पारेका हुन्।

संसारभरबाट प्राप्त कुल एक करोड ४० लाख भोट मध्ये मेस्सीले मात्र २४ भोटले रोनाल्डोलाई पछि पारेका थिए।

यो सँगै मेस्सीले रोनाल्डोको कीर्तिमानलाई बराबरी गरेका छन् । रोनाल्डो र मेस्सीले समान ५–५ पटक यो अवार्ड जितेका छन् । यसअघि रोनाल्डोले २००८, २०१२, २०१४, २०१६, र २०१७ मा यो अवार्ड जितेका थिए। मेस्सीले भने २००९, २०११, २०१३ र २०१५ मा जितेका थिए।

जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले तेस्रो तथा इंग्लिस क्लब लिभरपुलका इजिप्टियन फरवार्ड मोहम्मद सलाहले चौथो स्थान हासिल गरे । फ्रान्स तथा पीएसजीका केलियन एमबाप्पे पाँचौ स्थानमा रहे ।

एर्लिङ हालान्ड, करिम बेन्जेमा, एङ्गोलो कान्टे, केभिन डि ब्रुयन र नेयमार शीर्ष १० मा रहे । मेस्सीले यो वर्ष पहिलो अन्तर्राष्ट्रिय उपाधिको रुपमा कोपा अमेरिका कपको उपाधि जितेका थिए ।

महिलातर्फ बार्सिलोनाकी कप्तान एलेक्सिया पुटेलासले यो अवार्ड हात पारिन् । इरेनी पारेडेस दोस्रो तथा एसिसाट ओसोएला तेस्रो स्थानमा रहे । लेकी मार्टिन्स, सिड्नी लोमान, क्यारोलिन ग्राहम हान्सेन, मापी लियोन, कोसोभारे एस्लानी, भिभिएनी मिडेमा र लिन मागुल शीर्ष १० मा रहे ।

गोल ५० अवार्ड प्रतिष्ठित फुटबल समाचार संस्था गोलले हरेक वर्ष प्रदान गर्ने अवार्ड हो। गोलका विश्वभर रहेका विश्लेषक, सम्पादक र रिपोर्टरहरुको मतको आधारमा छानिएका टप-५० लाई अनलाइन भोटिंगमार्फत विजेता घोषित गरिन्छ। जसमा २५ जना पुरुष खेलाडी र २५ जना महिना खेलाडी रहेका हुन्छन।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप