अर्जेन्टिना विश्वकपमा छनोट


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर १

धरानः अर्जेन्टिनाले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा स्थान पक्का गरेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान ब्राजिलसँग गोलरहित बराबरी खेलेसंगै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो । यो बराबरीसंगै अर्जेन्टिना लगातार २७ खेलमा अपराजित रहन सफल भएको छ।
अर्जेन्टिनाको घरेलु मैदानमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।


स्टार फरवार्ड नेयमारबिना उत्रिएको ब्राजिलले कप्तान लिओनेल मेस्सीसहितको अर्जेन्टिनालाई रोक्न सफल भयो । बल पोसेसनमा पकड जमाएपनि अर्जेन्टिनाले ब्राजिलको डिफेन्सलाई धेरै समस्या दिन सकेन । दोस्रो हाफमा ब्राजिलका मिडफिल्डर फ्रेडले पोस्टमा प्रहार गर्दा ब्राजिलले अग्रता बढाउन चुकेको थियो ।
त्यस्तै, भिनिसियस जुनिअरले काउन्टर अट्याकमा प्राप्त अवसर सदुपयोग गर्न नसक्दा ब्राजिलले अर्जेन्टिनालाई स्तब्ध पार्न सकेन । उता मेस्सीले खेलको अन्त्यतिर गरेको प्रहारलाई गोलरक्षक एलिसन बेकरले विफल पार्दै खेल गोलरहित नै राखे सफल भए ।
ब्राजिलले १३ खेलमा ३५ अंक जोड्दा अर्जेन्टिनाको १३ खेलमा २९ अंक छ । इक्वेडर १४ खेलमा २३ अंकसहित तेस्रो तथा समान खेलमा कोलोम्बिया १७ अंकसहित चौथो स्थानमा छ । पेरु पनि १७ अंक जोड्दै पाँचौ स्थानमा छ । चिली र उरुग्वे १६-१६ अंक जोड्दै छनोट हुने स्थानबाहिर छैटौं र सातौंमा छन् ।-एजेन्सी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप