विकासको भाइरस के हो ?


  • भीमप्रसाद खतिवडा
  • २०७८ मंसिर १

नेपालका आर्थिक परिसूचकहरू मन्द गतिमा अघि बढेको छ । विकास नभएको होन, धेरै नै भएको छ तर जुन गतिमा हुनुपर्ने हो त्यसका आधारमा भने हामी पछाडि नै छौं । स्रोत र सम्भावनाको आकलन गर्दा हाम्रो प्रतिव्यक्ति आय निकै माथि हुनुपर्ने हो, पूर्वाधार निर्माण र अन्य भौतिक निर्माणमा समेत हामी निकै अघि पुग्नुपर्ने हो । राजनीतिक परिवर्तनमा हामीले निकै छलाङ मा¥यौं, एउटै व्यक्तिको जीवनमा धेरै राजनीतिक परिवर्तन आत्मसात् गर्न पाउनु निश्चय नै गौरवको विषय पनि हो । नेपालमा आर्थिक विकास हुन नसक्नुमा राजनीतिक नेतृत्वलाई बढी दोष दिइने गरिन्छ । सरसर्ती हेर्दा यो ठीकै जस्तो पनि लाग्छ, तर गम्भीर विश्लेषण गरेर हेर्ने हो भने राजनीति मात्र यसको कारण होइन । हो, राजनीतिले अन्य नीतिलाई डो¥याउनुपर्छ, समाजभित्र धमिलो छ भने सङ्लो बनाउने काम पनि राजनीतिकै हो । नेपालको सन्दर्भमा राजनेताको अभाव खट्किएको हामी सबैले महसुस गरेकै छौं, तर पनि हामी नेपालीहरूको केही चारित्रिक कमजोरी पनि विकासमा बाधक छ । अरूतिर औंलो ठड्याउनुभन्दा पहिला हाम्रो चारित्रिक दुर्बलता पनि विश्लेषण गर्दा उपयुक्त होला ।
भनाइ र गराइको अन्तर हाम्रो विकासमा सबैभन्दा ठूलो बाधक हो । आर्थिक विकासमात्र होइन, व्यक्ति र समाजको हरेक उन्नतिमा इमानदार प्रयास अपेक्षित हुन्छ । काम सानो वा ठूलो भन्ने हुँदैन, निरन्तर काम गर्दै जाँदा त्यसले कालान्तरमा राम्रै परिणाम दिन्छ । काम गर्दै जाँदा अनुभव खारिँदै जान्छ, गल्ती सुधारिन्छ र त्यसबाट कामको मात्रा र गुणस्तरमा सुधार आउँछ । तर, हामी धेरैजसो नेपालीको बानी अर्काले गरेको काममा खोट देखाउने खालको छ । यो भएन, त्यो मिलेन, यसो गर्नुपथ्र्यो भन्ने टीकाटिप्पणीमा हामी बढी रमाउँछौं । अरूको काममा टिप्पणी गर्नु निकै सजिलो हुन्छ, खास गरी नकारात्मक टिप्पणी । यस्तो प्रवृत्तिले हामीलाई कहीँ पनि लाँदैन । आफूलाई क्षणिक ज्ञाता सिद्ध गर्नेभन्दा अरू केही काम हुँदैन यस्तो प्रवृत्तिको ।
हामी नेपाली शक्तिका पुजारी हौं । राणातन्त्र राजतन्त्र वा गणतन्त्र जुनसुकै शासनपद्धतिको स्थिति बसाले पनि हामीले पद्धति र प्रक्रियालाई बलियो बनाउने कामभन्दा त्यही शासनपद्धतिभित्र आफूलाई कसरी बलियो बनाउने भन्नेमा लागिहाल्छौं । जुन दलले शासन कब्जा जमाउँछ त्यसैमा लाग्ने प्रवृत्ति कर्मचारी, व्यवसायी र आममानिसको समेत रहिआएको छ । त्यसैले संक्रमणका बेला फरक–फरक दल सत्तामा गइरहने हुनाले धेरै खालका साझेदारी व्यवसायमा सबै दलका निकट व्यक्तिहरू मिलेर काम गर्ने परिपाटी नै स्थापित भएको छ । सहकारी, वित्तीय संस्था, कलेज, मेडिकल कलेज वा अन्य व्यवसायमा यस्तो राजनीतिक झुन्ड मिलेर काम गर्ने परिपाटी छ, जसले गर्दा जुनसुकै दलको सरकार बने पनि आफू अनुकूल निर्णय गराउन अथवा दबाब दिन सहज हुन्छ । यस्तो समूह नै सरकारको आलोचक बन्ने गरेको छ । विकास नहुनुमा अरूलाई दोष थोपर्न यस्तै समूह बढी सक्रिय देखिन्छ । लेख्न–बोल्न सक्ने र बौद्धिक जमात भए पनि यिनीहरू दोष अरूलाई थोपर्ने र प्रणाली वा पद्धतिलाई आफू अनुकूल बनाई कमाउने धन्दामा समर्पित छन् । सरकारी अस्पताल, शैक्षिक संस्था र सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी संयन्त्रलाई विकम्मा÷निकम्मा बनाउने यो गिरोह वास्तवमा विकासको सबैभन्दा ठूलो बाधक हो । तर, राजनीति, कर्मचारीतन्त्र र नियामक निकायमा समेत यो समूहकै दबदबा रहँदा त्यसले राज्यलाई सही ढंगले काम गर्न दिएको छैन ।
शक्ति पुजारीको अर्को चरित्र व्यक्ति पूजा हो । गणेश शैलीको यो चरित्रले मानिसलाई शक्तिको वरिपरि रम्ने र त्यसबाट फाइदा लिन सक्ने तुल्याउँछ ।  धेरै सिद्धान्तनिष्ठ नेताहरू पनि यही कारण कार्यकर्ता/मतदाता रिझाउने यस्तै प्रकृतिको चरित्र देखाउँछन् । यसले पद्धति र प्रणालीमा भाइरसको काम गर्छ र अन्ततः यसैको परिणति विकासका कार्यक्रमको गतिलाई सुस्त बनाएको छ । निर्वाचनपछि विजय हासिल गर्ने दल र व्यक्तिलाई बधाई दिन जसरी लर्को लागेको छ त्यसले उनीहरू त्यसबाट व्यक्तिगत लाभ लिन प्रयास पक्कै गर्नेछन् । शक्तिकेन्द्र धाएर आफूअनुकूल निर्णय गराएका धेरै घटना छन् । आगामी दिनमा पनि यस्तो प्रवृत्तिले निरन्तरता पाउने निश्चित छ ।
आफ्नो आङको भैंसी नदेख्ने तर अर्काको आङको जुम्रा पनि देख्ने प्रवृत्ति पनि विकासको बाधक हो । विकृति र विसंगतिको त हामी चर्कै विरोध गर्छौं, तर हामी आफैले भने के गर्येउ भन्नेमा हामी कमै ध्यान दिन्छौं । अरूको आलोचना गर्दा त्यस ठाउँमा भएको भए आफूले के गर्थें हुँला भन्नेमा हामी वास्तै गर्दैनौं । हचुवा र मनगढन्ते कुरामा हामी रमाउँछौं । हेर्दा यो सामान्य चरित्र हो तर यसले नेतृत्वमाथि सही ढंगले दबाब दिन सक्दैन । कर्मचारीतन्त्रले यही प्रवृत्तिका कारण आफूलाई जोगाउन पाएको छ । सही र वस्तुपरक प्रतिक्रिया दिने हो भने त्यसले उनीहरूलाई केही मात्रामा जिम्मेवार हुन सिकाउँछ । पारदर्शिता र सुशासन अहिले सबैभन्दा बढी महŒवपूर्ण मानिन्छ । वास्तविकता बुझ्नभन्दा लहैलहैमा प्रतिक्रिया दिने हाम्रो चरित्रले पारदर्शिता र सुशासनलाई कमजोर बनाउन सहयोगी बनेको छ । नेपालमा सरकार र निजी क्षेत्र दुवै इमानदार र जिम्मेवार छैनन् । त्यसैले मानिसहरूले सरकारी कम्पनीलाई विश्वास गर्छन् तर ती कम्पनी नै घाटामा छन्, तिनका उत्पादन राम्रो मानिए पनि बजारमा तिनले खासै प्रभाव जमाउन सकेका छैनन् । त्यस्तै निजी क्षेत्र पनि इमानदार छैन । राजनीतिमा प्रवेश गरेर नीतिनिर्माणमा प्रभाव पार्न निजी क्षेत्र उद्यत छ । जतिसुकै कर्मचारीतन्त्रमाथि दोष थोपरे पनि कानुनी छिद्र खोजेर अनावश्यक लाभ लिन खोज्नु निजी क्षेत्रको विशेषता नै बनेको छ । असल व्यावसायिक अभ्यासको कुरा जति नै गरे पनि नेपालको निजी क्षेत्रले व्यवहारमा असल व्यावसायिक अभ्यास गर्न चाहेको छैन । निजी क्षेत्र नाफाका दृष्टिले परिचालित हुन्छ, यसलाई अन्यथा लिन मिल्दैन । तर, नाफाका लागि जे पनि गर्नुपर्छ भन्नेमा सोच धेरै व्यवसायीमा छ । यसले दिगो विकास र विकास–प्रक्रियालाई ओझेलमा पारेको छ ।
नेपालको विकास नहुनुमा भ्रष्टाचार प्रमुख कारक तŒव हो । तर, यसलाई गम्भीर रूपमा हेर्ने हो भने भ्रष्टाचारले सामाजिक मान्यता प्राप्त गरेको छ । बाहिर जतिसुकै भ्रष्टाचारको विरोध गरे पनि भ्रष्टाचारबाट सम्पत्ति कमाउने, शक्ति आर्जन गर्नेको सामाजिक सम्मान छ । हरेक व्यक्तिमा भ्रष्टाचार गर्ने लालसा लुकेको छ । मौका र सामथ्र्य प्राप्त गर्ने हो भने ९९ प्रतिशत मानिसमा भ्रष्टाचारबाट नै माथि उक्लने सोच व्याप्त छ । परिश्रम र पसिनाको मूल्यलाई हेप्ने मानसिकता भ्रष्टाचारको जड हो । त्यसैले एक संस्थाले अर्को संस्थालाई, एक व्यक्तिले अर्को व्यक्तिलाई भ्रष्टाचारी भन्ने प्रवृत्ति रहे पनि आफू त्यसैको जालोमा जेलिएका छन् । सामाजिक सदाचार र इमानदारीको महिमालाई समाजको हिस्सा बनाएसम्म भ्रष्टाचार कम हुँदैन । भ्रष्टाचारको आरोप लाग्ने डरले काम नगर्नु पनि भ्रष्टाचार हो । काम नगर्दा जति नोक्सानी भएको छ त्यसको क्षतिपूर्ति दिलाउने कानुनी व्यवस्थाले यसलाई कम गर्न सक्छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप