सुनसरीका फुटबल खेलाडीलाई २ लाख बढीको ट्रयाकसुट वितरण


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ कार्तिक २२

धरानः सुनसरी जिल्लाभित्र रहेका फुटबल रेफ्रीहरुलाई थोरै भएपनि उनीहरुको मनोबल बढाउने उद्देश्यले ट्रयाकसुट वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सुनसरी जिल्ला फुटबल रेफ्री संघलाई विभिन्न सहयोगीदाता, शुभेच्छुक तथा आन्तरिक स्रोतबाट संकलित २ लाख २० हजार रुपैयाँबाट सुनसरी जिल्लाभरिका रेफ्रीहरुलाई २४ थान ट्रयाकसुट एक कार्यक्रमका बीच वितरण गरिएको हो ।
सुनसरी जिल्ला फुटबल रेफ्री संघका अध्यक्ष बलिदान राईको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको प्रमुख अतिथी सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष केशव कार्की रहेका थिए । उपस्थित अतिथीहरुले नै सो ट्रयाकसुट सम्बन्धित रेफ्रीहरुलाई वितरण गरेका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप