धरानमा पहिरोले घर पुरियो

दुईजना बालबालिकाको मृत्यु


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ कार्तिक २

धरानः धरानमा परेको अविरल वर्षाको कारण घर पुरिँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान–१३ नागेश्वर मार्ग बस्ने निशान राईको छोरी ८ वर्षीया निसु राई र छोरा ४ वर्षीय निहान राई रहेका छन् । उनीहरु दिदीभाइ हुन् ।
मङ्गलबार दिउँसो पौने २ बजे घरमाथिबाट पहिरो झरी उनको एकतले टिनको छाना भएको घर पुरिँदा सो घरभित्र रहेका दुईजना बच्चा समेत पुरिएका थिए । तत्काल उद्धार गरेर उपचारका लागि दुवैलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको भएपनि मृत्यु उनीहरुको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानबाट उद्दारको लागि प्रहरी टोली खटिएको र प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुईजना बालबालिकालाई मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप