शुभ दशैं


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २९

नेपाली चाडबाडको याम हो यो । असार १५ मा दही-चिउरा खाएदेखि नै चाडबाड शुरु भइसकेको हुन्छ । तीजसँगै शुरूवात भएको चाड अहिले दशैंसम्म आइपुगेको छ । अनि विस्तारै तिहार आउँदैछ । १६ श्राद्धले छोपेसँगै दशैं शुरु भइसकेको हुन्छ । तिहारसँगै नेपाल सम्वत् फेरिन्छ, नेवार समुदायको नयाँ वर्षलाई पनि म्हः पूजा गरेर चाडकै रूपमा मनाइन्छ । अनि छठ आउँछ । हामी चाडबाड, पर्व र उत्सवहरूमा रमाउने जाति हौं । हाम्रा प्रत्येक चाडबाड कुनै न कुनै खानेकुरासित जोडिएका हुन्छन्, अर्थात् चाडबाडहरू मुख फेर्ने अवसर हुन् ।
वास्तवमा फेर्नुपर्ने कुरा बाहिर मात्र छैनन् । बजारमा पाइने कुरा फेरेर हुने नयाँपनको अनुभूति त्यही सामानसित पुरानिँदै र थोत्रिँदै जान्छ । दिगो परिवर्तन त विचार र अभ्यासको परिवर्तन हो । सम्भवतः चाडबाडको सन्देश पनि यही हो– मुख फेरौं, लुगा फाटो फेरौं । तर, मनका फेर्नुपर्ने पत्रहरू पनि फेर्ने प्रयास गरौं । यसले सम्बन्धलाई प्रगाढ बढाउँदै लगोस् । भत्के-चर्केका सम्बन्धहरूलाई पनि टालौं र नयाँपन दिऔं । चाडबाडहरूमा रमाऔं तर त्यो रमाइलोपन चाडबाड सकिएपछि पनि लामो समयसम्म रहोस् । हामीलाई चाडबाडले नवीनता देऊन् । हाम्रो उल्लास र उत्साह दिगो बनोस् ।
दशैंलाई सद्भावको मात्र नभएर असत्यमाथि सत्यको विजयको प्रतीका रुपमा समेत मनाइने गरेको छ । दशैंजस्ता पर्वलाई वर्षभरी कामको थकानबाट मुक्ति पाउन केही दिन रमाइलो गर्ने पर्वका रुपमा पनि व्याख्या गरेको पाइन्छ । जसले जसरी व्याख्या गरेपनि परापूर्वकदेखि मनाइँदै आएको यो पर्वलाई राज्यले समेत महत्व दिएको देखिन्छ । नयाँ कपडा फेर्ने, मिठा खानेकुरा खाने मात्र होइन आफन्तसँगको भलाकुसारी र भेटघाट दशैंमो सबैभन्दा आकर्षक पाटो हो । यसले आत्मियता बढाउन मद्दत गरेको छ । कोरोना कहर विस्तारै हट्दै जाओस् । सबैमा समृद्धितर्फ लो शुभआर्शिवाद मिलोस् । दशैं मनाउनेहरूको लागि यो अवसर शुभ रहोस्, सबैमा शुभ दशैं । साथै हाम्रा विज्ञापनदाता, पाठक, सहकर्मी, कर्मचारी तथा शुभचिन्तकहरूको पनि दशैं शुभ रहोस्, सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप