बैंक लुट्ने सार्वजनिक, २१ लाख ७० हजार लुटेको प्रारम्भिक अनुसन्धान


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २७

धरानः मोरङको कर्सियामा रहेको सिटिजन्स बैंक लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर ८ का ३२ वर्षीय श्याम मुखिया, भारतको अररिया जिल्लास्थित सेखपुरा ५ का २८ वर्षीय सुनिल यादव र गोराहा ४ का ३० वर्षीय विजय सहनी रहेका छन् ।
उनीहरूले बैंकका सुरक्षागार्डमाथि गोली प्रहार गरेर लुटपाट गरेका थिए । बैंक लुटपाट गरेर भाग्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूको साथबाट को२५प ३८९९ नम्बरको मोटरसाइकल र कटुवा पेस्तोल समेत बरामद गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली प्रहार गरेको थियो । सहनीको बाँया तिघ्रामा गोली लागेर घाइते भएका थिए ।
गार्डमाथि नै गोली लागेपछि बैंकका कर्मचारी काउन्टर छोडेर भागेपछि उनीहरूले सहज रूपमा पैसा लगेर भागेका थिए । उनीहरूले बैंकबाट २१ लाख ७० हजार रूपैयाँ लुटेर लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप