सवारी दुर्घटनामा बढ्दो

सुनसरी, मोरङ र झापामा एकैदिन दुर्घटना हुँदा तीनजनाको मृत्यु


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २६

धरानः सुनसरीको कोशी गाउँपालिका–७ मा ट्रकको ठककरले मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा सुनसरी देवानगञ्ज गाउँपालिका–६ बस्ने वर्ष ३४ को रामनारायण मेहताको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
हरिपुर चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३९प ९५६३ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । दस चक्के रातो कलर भएको हाल नम्बर नखुलेको ट्रकले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा पछाडि सवार मेहताको मृत्यु भएको हो ।
उनको टाउको फुटी गम्भीर घाइते बनेका थिए । उपचारको लागि विराटनर्सिंह होम विराटनगर पठाएकोमा सोमबार राति साढे ११ बजे मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी तिम्सिनाले जानकारी दिए । ठक्कर दिने सवारीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यस्तै, मोरङमा ट्याक्टरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली नगरपालिका–८ १८ वर्षीय विवेक ताजपुरिया रहेका छन् । उनको नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
उनी रंगेली नगरपालिका–९ शान्ति चौकस्थित रंगेली कानेपोखरी भित्री पक्की सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२त ९२११ नम्बरको ट्याक्टरबाट लडेका थिए । विवेक सोही ट्याक्टरमा काम गर्ने राजकुमार ताजपुरियाको छोरा हुन् । ट्याक्टरबाट लडेर गम्भीर घाइते बनेका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर र ट्याक्टर चालक मोरङ पथरीशनिश्चरे–३ बस्ने वर्ष २९ को दोर्णबहादुर कार्की इप्रका दोहमनाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको भद्रपुर–४ नरसिंह चिया बगाननजिक मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को४प ३३८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक वर्ष ३० को विनोद राजवंशी र पछाडि सवार वर्ष ३६ को दन्तलाल राजवंशी गम्भीर घाइते बनेका थिए । उपचारको क्रममा दन्तलालको सोमबार राति साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप