मासु व्यवसायीको धारिलो हतियार प्रयोग गरी हत्या


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २५

बिर्तामोडः झापाको बिर्तामोडमा आइतबार राति एक व्यवसायीको हत्या भएको छ ।
बिर्तामोडमा मासु व्यवसायीको हत्या भएको हो । मानन्धर चोकमा बङ्गुरको मासु बिक्री गर्दै आएका अर्जुनधारा–६ का अन्दाजी ५० वर्षीय इन्द्रकुमार मगर आइतबार साँझ आफ्नै पसलमा मृत फेला परेका थिए ।
उनको हत्या गरिएको आशंका गरिएको छ । बिर्तामोडका डीएसपी सन्तोष आचार्यले शरीरमा धारिलो हतियार प्रयोग भएको देखिएका आधारमा हत्या भएको आशंका गरिएको बताए । प्रहरीले घटनास्थल शिल गरेर अनुसन्धान अघि बढाएको छ । पोष्टपामर्टमका लागि शव पठाइएको डीएसपी आचार्यले जानकारी दिए । मगर झापाकै अर्जुनधारा–६ कप्तानबारीका स्थायी बासिन्दा हुन् । पसलमै बसिरहेको बेला गएराति करिब ८ बजे उनको हत्या भएको प्रहरीको भनाइ छ ।
मगरको घाँटी र पाखुरामा गहिरो चोट लागेको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मगरको हत्याराको पहिचान खुलेको छैन । घटनाको आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप