इनरुवाको अवस्था सामान्यतर्फ

बन्यो छानविन समिति


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २४

धरानः प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्युपछि तनावग्रस्त बनेको इनरुवा बजार सामान्य बनेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले मृतकका आफन्त र प्रशासनबीच छलफलपछि स्थिति सामान्य बनेको जानकारी दिए ।
आन्दोलनरत पक्ष र प्रशासनबीच घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गर्ने सहमति बनेपछि स्थिति सामान्यतर्फ फर्किएको हो । छानबिन समिति संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेल रहेका छन् भने उनको संयोजकत्वमा गठित छानबिन समितिमा जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्की, भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष गफार अन्सारी, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी र दुईजना मृतकका आफन्त रहेको प्रहरीले जनाएको छ । छानबिन समितिले मृतकका परिवारलाई क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा सिफारिस गर्ने पोखरेलले जानकारी दिए ।
प्रहरीका अनुसार मृतकको शवको पनि पोष्टमार्टम गरिएको छ । यसअघि प्रहरी हिरासतमा रहेका भोक्राहा-५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा रहेका थिए । उनी अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए । उनी आइतबार बिहान प्रहरी हिरासतभित्र मृत फेला परेका थिए । प्रहरीले लापरवाही गर्दा मृत्यु भएको भन्दै प्रदर्शन भएपछि झडप समेत भएको थियो । झडप दर्जन बढी घाइते समेत भएका थिए भने प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो । सुनसरी इनरुवा–९ की युवतीसँग अन्तरजातीय र अन्तर धार्मिक विवाह गरेका उनी युवतीका आफन्तको उजुरीपछि पक्राउ परेका थिए । पीडितपक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताउँदै आएका थिए भने प्रहरीले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताउँदै आएका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप