इनरुवामा प्रहरी-प्रदर्शनकारीबीच दोहोरो झडप

दर्जन बढी घाइते, प्रहरीद्वारा अश्रुग्याँस प्रहार


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २४

इनरुवाः प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सहित इनरुवा तनावग्रस्त बनेको छ ।
पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि ढुंगामुढा बर्साउन थालेपछि दोहोरो झडप समेत भएको छ । ढुङ्गामुडापश्चात प्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधादर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ ।
झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै शव नबुझ्ने बताएका छन् ।

उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुने बताए ।
सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । पीडितपक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन् । उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन् ।
प्रहरीले प्रर्दशनकारीलाई हटाउन पटकपटक प्रयास गरेपनि उग्र बनेको समूह प्रहरी माथिजाई लागेको थियो । झडपका क्रम माप्रहरी कार्यालय र परिषरका संरचनामा क्षति समेत पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप