होटलमा लागूऔषध कारोबार, सञ्चालक समातिए

ब्राउनसुगरसहित युवा प्रहरी फन्दामा


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २४

विराटनगरः मोरङको विराटनगर–१५ मा रहेको सायरा होटल सञ्चालक जहदा गाउँपालिका ७ घर भएका २८ वर्षीय रमेश साह लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका छन् ।
होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि गई चेकजाँच गरेको थियो । चेकजाँच गर्दा सो होटलबाट लागूऔषध डाइलेक्स डिसी १५ बोतल, नाइट्राभेट ४२ चक्की, स्मास्मो प्रोजोभिन २४ चक्की, स्पास्मो ट्रानकोन ३४ चक्की र गाँजा २४० ग्राम बरामद गरिएको प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए । लागूऔषध बरामद भएपश्चात होटलका सञ्चालक साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
यस्तै, मोरङ केराबारी गाउँपालिका ७ डाँगीबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय बिशाल लिम्बू रहेका छन् । इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १ ग्राम ९०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप