धरानमा सुनसरीका तुम्बापो लिम्बूहरु जुटे

बडादशैं र बलिहाङ तङनामको शुभकामना आदानप्रदान गरे (२३ तस्वीर)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २३

धरानः धरानमा सुनसरीका तुम्बापोहरू जुट्दै गएका छन् ।
समाजले शनिबा परिचयात्मक कार्यक्रम आयोजना गरेको छ । धरान–१६ स्थित युएन, नवोदय कलेजको सभाहलमा आयोजित कार्यक्रममा उनीहरूले बडादशैं २०७८ र बलिहाङ तङनामको शुभकामना आदानप्रदान पनि गरे । कार्यक्रममा सुनसरी तुम्बापो समाजको अध्यक्षमा कुवेरलाल तुम्बापो र उपाध्यक्षमा राधिका तुम्बापोलाई समाजले चयन गरेको सचिव डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष खिलमान तुम्बापो, धनकुटा जिल्ला अध्यक्ष जीतप्रसाद तुम्बापो, मोरङ जिल्ला अध्यक्ष सन्देश तुम्बापो, केन्द्रीय सदस्य भक्तमान तुम्बापो, धनकुटा उपाध्यक्ष तिलकुमार तुम्बापो, आरटिआरके होटल स्कुल इटहरीका प्रेम तुम्बापो, सुनसरी तुम्बापो समाजका उपाध्यक्ष पदम तुम्बापो लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नवप्रवेशीलाई प्रवेश समेत गराइएको छ । धरान, इटहरीलगायतका स्थानका तुम्बापोहरुलाई कार्यक्रममा प्रवेश गराइएको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष खिलमानले तुम्बापोहरु एकजुट हुनु आवश्यक भइसकेको बताए । ‘खासमा तुम्बापो समाजमा छिरेपछि के हुन्छ भन्नेहरु पनि हुनसक्छन् तर समाजमा छिरेपछि धेरै कुरामा सरसहयोग हुन्छ’, उनले भने । उनले समाजबाटै धेरै दुःखी, गरिबलाई सहयोग हुँदै आएको बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप