धरानको बराहद्वारा नयाँ भवनबाट सेवा

धरानको बराहले सुनको किनबेच र सहकारीको कारोबार नयाँ भवनमा थाल्यो


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २३

धरानः धरानस्थित प्रतिष्ठित व्यवसायिक संस्था बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि (हाल बराह ग्रुप) ले सुन र सहकारीको कारोबार नयाँ भवनबाट शुरुवात गरेको छ ।
बराहले धरान-८, भोटेपुल, धनकुटेरोडस्थित आफ्नै नयाँ भवनबाट कारोबार शुरुवात गरेको हो । शुक्रबारदेखि सुनको कारोबार नयाँ भवनबाट थालेको ज्वेलरी प्रमुख सौराज लामिछानेले जानकारी दिए । ‘नयाँ भवन फराकिलो र ग्राहकलाई पनि सहज होस् भनेर यहाँबाट सेवा थालेका हौं’, उनले भने, ‘शुक्रबारदेखि नै यहाँबाट किनबेच शुरु भएको छ ।’
५-७ महिनाअघि सो भवन खरिद गरेर त्यहाँ पनि बराहले सेवा विस्तार गरेको हो । यस्तै, केहीदिनअघिदेखि सहकारीको कारोबार पनि शुरुवात भएको बराह ग्रुपका सञ्चालक मानबहादुर दियाली (विश्वकर्मा) जानकारी दिए । उनका अनुसार नयाँ भवनमा बराह सहकारी, रेमिटयान्स, ट्राभल्सको सेवा पनि दिइनेछ । ‘बराह ज्वेलरी सुनचाँदी, डायमण्ड बिक्री सेवा बराहको ग्राउन्ड फ्लोर धरान-८ बराह कम्प्लेक्सबाट शुरूवात गरिसकेका छौं ।’ उनले भने, ‘यस्तै, सहकारीको कारोबार पनि नयाँ भवनबाटै थालनी गरेका छौं ।’ नयाँ भवनमै डिपार्टमेन्ट, ग्रोसरी, किचनको सेवा पनि सञ्चालन गरिएको उनले जानकारी दिए ।
अहिले बराहले सो भवनलाई थप चिरिच्याट्ठ बनाएको छ । धरानको मामिलामा यो नै सबैभन्दा ठूलो डिपार्टमेन्ट स्टोर बनेको छ । यसको क्षेत्रफल पनि ठूलो छ । बराहले यसलाई मल्टिप्रपोज कम्प्लेक्स भन्दै आएको छ । सो भवनमा बराहका सबै सेवासहित अन्य थप नयाँ सेवा पनि दिने लक्ष्य छ । त्यहाँ यसै वर्षदेखि धरानमा पर्यटक बढाउन र पर्यटकलाई आकर्षण दिन जातीय परिकार पस्किनेछ ।
२८ वर्षदेखि नुनदेखि सुनसम्मको सेवा दिँदै आएको बराहले सो भवनमा मल्टीप्रप्रोज कम्प्लेक्सको अवधारणामा यहाँबाट सेवा दिन लागिएको जनाइएको छ । त्यहाँ उपभोक्ताको लागि प्रत्यक्ष सरोकार राख्ने खाद्यान्न र लत्ताकपडा, सिनेमा हल, मिटिङ हल र बराह फेमिली किचनपनि सञ्चालनमा छ । अब अन्य सेवा पनि क्रमशः विस्तार गर्दै लगिने उनले जानकारी दिए ।
के के हुनेछ सेवा ?
सबैभन्दा मुनिको तलामा अन्तर्राष्ट्रियस्तरको पार्किङ सेवा, ग्राउण्ड फ्लोरमा खाद्यान्न, कस्मेटिक्स, पहिलो तल्लामा इलेक्ट्रोनिक्स, लत्ताकपकडा, किचनका सामग्री, तेस्रो तलामा ब्याङक्वैट र हेयर सैलुन, चौथो तलामा फुड कोर्ट, स्वीट, इथिनिक बार, पाँचौ तालामा सिनेमा हल, किड्स जोन, छैटौं तलामा गेम र स्पा रहने जनाइएको छ ।
धरानस्थित बराहमा ज्वेलरीसँगै, डिपार्टमेन्ट स्टोर, बराह बचत तथा ऋण सहकारी संस्था, इन्द्र बराह ट्राभल्स एण्ड टुर्स, बराह रेमिट, बराह बाल संसार, इन्द्रेश्वर फेन्सी स्टोर, बराह कृषि उपज तथा पशुपालन र बराह फेमली रेष्टुरेन्ट समेत सञ्चालनमा छ भने भेडेटारमा पनि सेवा सञ्चालनमा छ ।
‘धरानदेखि काठमाडौं, पोखरा, हङकङ हुँदै युकेसम्म’ नारा दिइएको बराहको सेवा दुबईमा समेत छ । त्यस्तै काठमाडौंमा अभिमत बचत तथा ऋण सहकारी, बराह ज्वेलरी, न्यू बराह ज्वेलरी, बराह प्रोपटिज सर्भिस टाइम्स रेमिट समेत सञ्चालन गर्दै आइरहेको छ । त्यस्तै, कृपादृष्य डिजिटल स्टुडियो मार्फत् कृपा अनप्लग, बराह फाउण्डेशन, इन्द्र बराह एथ्नीक ग्यालेक्सी मार्फत् विभिन्न ब्यावसायिक सेवा, न्यु बराह ज्वेलरी इन्ड्रष्टिज, पाटन औद्योगिक क्षेत्रमा परम्परागत तथा आधुनिक सुनचाँदीका गरगहना प्रोडक्सन हाउस सञ्चालन गरिरहेको छ ।
पोखरामा गोर्खा एण्ड बराह ज्वेलरी, गोर्खा एण्ड वराह फाउन्डेसन, गोर्खा एण्ड फेमली किचन, हेयर एण्ड व्युटि सैलुन, जिवी सैलुन सञ्चालन गरेको छ । चितवनमा नारायणी बराह ज्वेलरी र इन्द्र लामीछाने फाउन्डेशन सञ्चालनमा छ ।
बराहले सामाजिक कार्यअन्र्तगत खानेपानी ढुवानी सेवा, नियमित रुपमा रक्तदान लगायत, शिक्षा, स्वास्थ्य, मानवीय हिसाबले पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ । हाल बराहमा प्रत्यक्ष अप्रत्यक्ष गरी सयौंले रोजगारी समेत पाएका छन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप