हिसान धरानमा नयाँ समिति गठन


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २२

धरानः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) को धरान नगर समिति गठन भएको छ ।
धरान क्षेत्रका जिल्ला उपाध्यक्षको संयोजकत्वमा रहने गरी सात सदस्यीय समिति गठन गरिएको हो । धरान नगर भेलाले समितिको सहसंयोजकमा लोकेन्द्र श्रेष्ठ, सचिवमा सन्तोष कोइराला, सहसचिवमा अनिल श्रेष्ठ र कोषाध्यक्षमा कुरन चेम्जोङ रहेका छन् । यस्तै समितिको सदस्यमा सञ्जीव बान्तवा र एकजना सदस्य मनोनित गरिने जनाइएको छ ।
कार्यक्रममा बोल्दै सहसंयोजक श्रेष्ठले धरानमा सबैलाई मिलाएर अघि बढ्ने धारणा राखे । भेलामा निवर्तमान कोषाध्यक्ष सन्तोष कोइरालाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने हिसानका केन्द्रीय सदस्य गङ्गा चौलागाईं, हिसानको केन्द्रीय सल्लाहकार लेखनाथ घिमिरेलगायतले बोलेका थिए । जिल्ला कोषाध्यक्ष नेत्र सुवेदीले अतिथिहरूलाई स्वागत मन्तव्य राखेका थिए भने जिल्ला सचिव सागर भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप