धरान मेघा-हिमालयन कलेजका विद्यार्थीद्वारा डस्विन वितरण र मन्दिर सरसफाइ


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २२

धरानः धरान-१२ स्थित धरान मेघा-हिमालयन कलेजले शुक्रबार दन्तकाली र बुढासुब्बा मन्दिरलाई डस्टबिन प्रदान गर्नुका साथै विद्यार्थीहरुले मन्दिर परिसरमा सरसफाइ गरेका छन् ।
दन्तकाली मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनाल र बुढासुब्बा मन्दिरका पुजारी अशोक आले मगरलाई कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, प्रिन्सिपल भास्कर पौडेल लगायतले १–१ थान डस्टविन हस्तान्तरण गरे ।
कलेजका विद्यार्थीहरुले मन्दिर परिसरको सरसफाइ गरे । दर्शनार्थीहरुले पूजाआजा गर्न आउँदा हुने फोहोर मैलालाई ब्यवस्थापन गर्न डस्टविनले सहज भएको भन्दै मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष खनालले कलेजलाई धन्यवाद ज्ञापन गरे ।
कलेजको सामाजिक दायित्व निर्वाह गर्न र विद्यार्थीहरुलाई सामाजिक कार्यमा संलग्न गराउने उद्देस्यले मन्दिरलाई डस्टविन प्रदान गरी सरसफाइ गरिएको कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिए ।
मन्दिर सरसफाई जस्तो पवित्र सामाजिक कार्यमा सहभागी हुन पाउँदा खुशी लागेको कक्षा–११ मा अध्ययनरत छात्रा मुस्कान मगरले बताइन् । डस्टविन हस्तान्तरण र सरसफाइ कार्यक्रममा कलेजका एडमिनिस्ट्रेटिभ डाइरेक्टर कैलाश लिम्बू, म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेम, सञ्चालक सदस्यहरु प्रभाष राजवंशी, सागर खड्का, नवराज दाहाल, दीपक घिमिरेलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप