किरण गजमेर अस्मिता अधिकारीको ‘आकाशको जुन’ सार्वजनिक (भिडियोसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २२

धरानः दि भ्वाइस अफ नेपाल सिजन थ्रीका बिजेता किरण गजमेर र अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीको युगल प्रेम गीत ‘आकाशको जुन होइन धरतीकै फूल दिन्छु, मेरो मायालाई’ म्युजिक भिडियो सहित ओएसआर डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
चर्चित चलचित्रका निर्देशक दीपक श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा चर्चित नायक पुष्प खड्का, रक्षा बुढाथोकी र बालकलाकार काब्य गिरीको अभिनय रहेको छ ।
पोखरा तथा यसको आसपासका रमणीयस्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियो चलचित्रझैं निर्देशक श्रेष्ठले एउटा वियोगान्त प्रेमकथा पाँच मिनेटको भिडियोमार्फत् उतारेका छन् । यसअघि जोड घटाउ बोलको गीतको म्युजिक भिडियो बनाएर म्युजिक भिडियो निर्माणमा हात हालेका निर्देशक श्रेष्ठले घिन्ताङ नामक चलचित्रको भर्खरै छायांकन सकेका छन् ।
राजाराम बुढाथोकीको निर्माणमा बनेको उक्त गीतको रचना संगीत दीपक शर्मा, संगीत संयोजन पुरुषोतम सुवेदीको रहेको छ भने छायांकन सौरभ लामा, सम्पादन अर्जुन जिसी, कलर रेनिश फागोको रहेको छ । –इमेलमार्फत्

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप