ताजपुरिया जातिको कार्यक्रम, राष्ट्रिय गायक सीतारामलाई सम्मान


  • कोशी अवाज
  • २०७८ असोज २१

धरानः ताजपुरिया कला, संस्कृति विकास समितिको तेस्रो वार्षिक उत्सव एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
ताजपुरिया कला, संस्कृति विकास समितिको तेस्रो वार्षिक उत्सव एवं सम्मान कार्यक्रम झापाको गौरादह नगरपालिका वडा न. १ स्थिति ताजपुरिया समाज कल्याण परिषदको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । बुधबार भएको कार्यक्रममा नेपाली राष्ट्रिय गायक सीताराम ताजपुरियालाई दोसल्ला नगद र सम्मानपत्रले सम्मान गरिएको थियो । त्यसैगरी ताजपुरिया कला संस्कृति विकास समितिका स्व. सल्लाहकार भविसचन्द्र ताजपुरिया लाई स्मरण गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी ताजपुरिया समाज कल्याण परिषदका महासचिव पर्शुराम ताजपुरिया, सभापति समितिका अध्यक्ष चन्द्रप्रसाद ताजपुरिया र विशेष अतिथिका रुपमा ताजपुरिया कला, संस्कृति विकास समिति प्रवासी मञ्चका अध्यक्ष रविलाल ताजपुरिया र ताजपुरिया भाषाका लोक गायिका लक्ष्मी ताजपुरिया लगायतको उपस्थिति थियो । कार्यक्रममा अतिथिहरुका रुपमा समितिका सल्लाहकार पूर्णप्रसाद ताजपुरिया, वरिष्ठ उपाध्यक्ष राजकुमार ताजपुरिया, र कोषाध्यक्ष पर्भादेवी ताजपुरियाको पनि उपस्थिति थियो ।

कार्यक्रममा स्वागत मन्तव्य समितिका वरिष्ठ उपाध्यक्ष राजकुमार ताजपुरिया, प्रवासीका अध्यक्ष रविलाल ताजपुरियाले राखेका थिए । कार्यक्रममा महासचिव पर्शुरामले आउँदै गरेको २०७८ सालको जनगणनामा आफ्नो पहिचान जात, भाषा, धर्म सम्पूर्ण जानकारी गणकलाई जानकारी गराई जनगणनामा सम्पूर्ण ताजपुरिया समुदायलाई सामेल भइदिनुहुन र सफल बनाइदिनुहुन आग्रह गरे । उनले जनगणनामा २०७८ को जात ताजपुरिया, भाषा ताजपुरिया, धर्म प्रकृतिपूजक लेखाउन समेत आग्रह समेत गरे ।
कार्यक्रममा समितिका अध्यक्ष चन्द्रप्रसाद ताजपुरियाले सम्पूर्ण कला विकास समिति परिवारलाई तेस्रो वार्षिक उत्सवको सुखद उपलक्ष्यमा शुभकामना एवं बधाई व्यक्त गरे । कार्यक्रमको सञ्चालन सञ्चालक समितिका सचिप खेमराज ताजपुरियाले गरेका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप