धरान-१७ मा उच्च रक्तचाप र मधुमेहको निःशुल्क जाँच


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज १९

धरानः रोट्रयाक्ट क्लब अफ धरान घोपा र रोटरी क्लब अफ धरान घोपाको संयुक्त आयोजनामा धरान–१७ स्थित दीपेन्द्र स्कुल फोकल्याण्ड क्षेत्रमा निःशुल्क उच्च रक्तचाप र मधुमेह जाँच शिविर सम्पन्न भएको छ ।
कुल १२२ जना सहभागी भएको शिविरमा उच्च रक्तचापपीडित ३० जना र मधुमेहपीडित दुईजना भेटिएका थिए । डा. केशव पाण्डेले यस रोगको जोखिम क्षेत्रमा रहेका तथा उच्च रक्तचाप र मधुमेहबाट पीडित व्यक्तिहरुलाई आफ्नो आहार र जीवनशैलीको बारेमा परामर्श दिएका थिए ।
शिविरमा १२ जना रोट्रयाक्टरसहित रोटरी क्लब अफ धरान घोपाबाट रोटरियन रोहन हडा र रोटरियन प्रतीक श्रेष्ठको उपस्थिति रहेको थियो । स्वास्थ्य शिविरलाई वडा नम्बर १७, सृष्टि फार्मेसी, न्यूरो अस्पताल फार्मेसी र पञ्चमुखी फार्मेसीले प्रायोजन गरेका थिए । यो संस्थाको स्क्रिनिङ अभियान रहेको जनाइएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप