मौसमी रुघाखोकीले च्याप्यो ?

यस्ता घरेलु ओखतीबाटै ठीक पार्न पनि सकिन्छ


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज १७

असोज लागिसकेपछि पनि पानीझरी थामिएको छैन । अर्कोतिर गर्मी उस्तै छ । शहरी क्षेत्रमा धुलो–धुँवाको कुइरिमण्डल छ । यस्तो प्रतिकुलतामा रुघाखोकीले च्याप्न सक्छ ।
बुढाबुढी, रोगी, बालबालिकालाई रुघाखोकीले निकै दुख दिन्छ, वयस्क एवं युवाहरुलाई दैनिक काम–व्यवहारमा असर पु¥याउँछ । हुन त यो सामान्य समस्या हो । तर, हेलचेक्राई गरेको अवस्थामा यसले खराब नतिजा दिनसक्छ । त्यसैले सचेत भने हुनैपर्छ ।
सबैभन्दा बढी लाग्ने स्वास्थ्य समस्या हो रुघाखोकी। मानिसलाई वर्षको एक–दुई पटकदेखि पाँच छ पटकसम्म रुघा लाग्न सक्छ । राइनो भाइरस, इन्फ्ल्युइन्जा आदिलाई रुघा लगाउने भाइरस भनिन्छ । रुघाखोकीलाई सरुवा रोगका रूपमा लिइन्छ । घरमा वा समुदायमा कोही एक जनालाई कसैलाई रुघा लागेमा सरेर अरूमा पनि लाग्छ ।
चिसो र भाइरसले गर्दा नै रुघा लगाउने भएको भएता पनि सबैलाई रुघा लाग्नुपर्ने हो तर सबैलाई नलागी केहीलाई मात्र रुघा लागेको देखिन्छ । शारीरिक अवस्था र रोगप्रतिरोधात्मक क्षमताले पनि निर्धारण गर्छ ।जसको रोग प्रतिरोधात्मक क्षमता कम छ उसमा रुघाखोकी लगायत अरु रोग लाग्ने सम्भावना पनि बढी हुन्छ ।
शरीरमा जमेको फोहर विस्तारै रगत र श्वासप्रणालीसम्म फैलिन्छ र श्वास प्रणालीमा कफको रुपमा जम्मा हुन्छ। जब चिसो हावा, पानी र चिसो खानेकुराको सम्पर्कमा आउँछ तब श्वासप्रश्वासप्रणालीमा जम्मा भएको कफ या तरल रूपमा बग्न थाल्छ या जमेर श्वासप्रणालीलाई अवरोध गर्छ। यसरी शरीरमा जमेको त्यो फोहर चिसोको सम्पर्कमा आएपछि बाहिर निस्कन खोज्छ वा तातोको सम्पर्कले बाहिर निस्कन खोज्छ। जब मौसम परिवर्तन हुन्छ फोहर जमेको स्थानको तापक्रम असन्तुलन भई नाकबाट सिंगानका रूपमा बाहिर निष्काशन हुन खोज्छ जसलाई हामी मौसम परिवर्तन भएर लागेको रुघाखोकी भनेर बुझ्छौं ।
लक्षण
– हाछ्यूँ आउनु, नाक पोल्नु र चिलाउनु
– नाक बन्द हुनु, टाउको भारी हुनु, दुख्नु,नाकबाट पातलो पानी बग्नु ।
– केही दिनपछि नाकबाट गाढा पहेंलो सिंगान आउनु ।
– घाँटीमा कफ जम्नु ।
– गन्धको अनुभव नहुन, स्वादको अनुभव नहुनु ।
– आँखा रातो हुनु, आँखाबाट आँसु बग्नु ।
– शरीर भारी हुनु, थकान हुनु, शरीर गल्नु ।
– हल्का जोरो आउनु ।
– खोकी लाग्नु ।
उपचार
–रुघाको लक्षण देखिनासाथ तातो पानी सेवन गर्ने ।
–बिहान बेलुकी मनतातो पानीमा खुट्टा डुबाएर ५, १० मिनेट राख्ने ।
–सुत्ने बेलामा पैतलामा तोरीको तेलले मालिस गर्ने ।
–अदुवाको रस आधा चम्चा, तुलसी पत्रको रस आधा चम्चा र एक चम्मा महसँग मिसाएर दिनको तीन पटक सेवन गर्ने ।
–अदुवा र बेसार हालेर पकाएको पानीले बिहान, दिउँसो र बेलुकी दिनको तीन पटक कुल्ला गर्ने ।
–एक हातको बूढीऔंलाले अर्को हातका सबै औंलाको टुप्पोलाई दसपटक पालैपालो अँठ्याउने छोड्ने गरेर अक्युप्रेसर उपचार गर्ने ।
–दुवै आँखा बन्द गर्ने र नाकद्वारा तीन पटक लामो र गहिरो सास लिने र मुखबाट बिस्तारै बाहिर फ्याक्ने ।
–गहन आरामको अनुभव गर्ने । कल्पना गर्ने कि वरिपरिको वातावरण शान्त, मनोरम र घमाइलो छ । सूर्यको चम्किलो किरणले न्यानो महसुस भएको छ ।
के नगर्ने ?
–बैगुन, गाँजर, लौका, फर्सी, आलु, दही, अचार, चिसो, अमिलो तथा गुलियोे पदार्थहरू सेवन नगर्ने ।
–चिसो, धुवाँ र धुलोबाट बच्ने ।
–तातोपानी प्रयोग गर्ने ।
–नुहाउनु परेमा तोरी वा तिलको तेलले सम्पूर्ण शरीर मालिस गर्ने र मनतातो पानीले नुहाउने ।
–सफा, सुकिलो र जाडोमा न्यानो कपडा लगाउने ।
घरेलु ओखती सर्वोत्तम
सामान्य अवस्थामा रुघाखोकी लागेमा त्यसलाई ख्याल गरेर घरेलु उपचार गर्ने हो भने केहि दिनभित्र ठिक हुन्छ । तर, अझै धेरै दिनसम्म सताउन छोडेन भने तपाईंले चिकित्सकको सल्लाह लिँदा राम्रो हुन्छ ।
१. बेसार
रुघाखोकीबाट राहत पाउनको लागि १ गिलास तातो दुधमा १ चम्चा बेसार मिसाएर पिउनुहोस् । यसको साथै सुकेको हलेदोलाई पोलेर त्यसको धुँवा सुँघेमा पनि रुखाखोकी ठिक हुन्छ ।
२. तुलसी
तुलसी रुघाखोकीको लागि कुनै औषधिभन्दा कम छैन् । तुलसीको चार पाँच पत्ता तुलसी चपाउनाले घाँटीको खसखर र खोकीबाट राहत मिल्छ । तपाई यसलाई चिया वा तातोपानीमा उमालेर पनि पिउन सक्नुहुन्छ ।
३. अदुवा
अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकी टाढा भाग्छ । तपाईलाई रुघाखोकीले सताएको छ भने राती सुत्नभन्दा अगाडि दूध वा चियामा अदुवा उमालेर पिउनुहोस् । तर्पाको स्वास्थ्यमा छिटै सुधार हुन्छ ।
४. अलैंची
अलैंचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठिक गर्छ । यदि फेरि पनि रुघा लागेमा अलैंचीको दानालाई रुमालमा बेरेर सुँघ्नाले रुघाबाट छुटकारा पाइन्छ ।
५. हर्बल चिया
टाउको दुख्ने, खोकी, ज्वरो, रुघा जस्ता समस्या देखिएमा हर्बल चिया पिउनुहोस् । यसले शरीरलाई गरम राख्छ र रोगबाट बचाँउछ ।
त्यस्तै तपाईले रुघाखोकी लागेमा तातोपानीको बाफ लिने, तातो पानी पिउने, रसभएको तातो खानेकुरा खाने गर्नुभएमा यसले पनि तपाईलाई आराम गर्छ । तर, रुघाखोकी लागेको बेलामा धुमपान मद्यपान भने नगर्नुहोस् । -एजेन्सी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप