अनलाइन पत्रिकाः सुधारका केही पक्ष

कतिपय अनलाइन पत्रिका नियत राखेरै लखेट्नकै लागि खोलिएका हुनजस्तो लाग्छ


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज १६

नेपालमा मात्रै नभएर विश्वभरि नै मिडियालाई ‘मिडिया भनेको आवाजविहीनहरुको पनि आवाज हो’ भन्ने गरिन्थ्यो, गरिन्छ । विश्वका प्रायः सबै देशमा मिडियासम्बन्धी बनेको यो नारा वा स्लोगन ‘मिडिया भनेको आवाजविहीनहरुको पनि आवाज हो’ भन्ने जुन नारा वा स्लोगन छ, यो विश्भरि स्थापित भएको मान्यता पनि हो । तर, नेपालका मिडियाहरु आपूmबारे ‘मिडिया भनेको आवाजविहीनहरुको पनि आवाज हो’ भन्ने मान्यता, नारा वा स्लोगनअनुसार चलेका छन् त ? त्यो नेपाली मिडियाका सम्बन्ध अध्ययन गर्नेहरुले अध्ययन गरेर, निचोड निकालेर उनीहरुले नै भन्ने कुरो भयो ।
हुन त आजको २१ औं शताब्दीको जमानामा समाचार, सूचना, प्रविधि र विज्ञानका कारण नै कोही पनि सूचनाबाट बञ्चित हुनुपर्ने अवस्था छैन । त्यसैले जोकोही आजको जमानामा प्रिन्ट मिडियाहरु जस्तै दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, त्रैमासिक आदि पत्रपत्रिकाहरु नै पर्खेर बस्दैनन् । त्यसको सट्टा उनीहरु अडियो, म्यजुअल, डिजिटल, पोडकास्ट, ट्वीटटरलगायत सामाजिक सञ्जालसम्म पुगेर सजिलै सूचना लिन, दिन सक्छन् । यसरी हेर्दा आजको जमानामा सूचनाको एक सशक्त माध्यम बनेको आधुनिक खाले सञ्चारमाध्यमले साँच्चै नै आजभन्दा १५–२० वर्षअघिको तुलनामा कल्पना नै गर्न नसकिने गरी क्रान्ति ल्याएको छ, परिवर्तन ल्याएको छ भनी दावी गर्न सकिन्छ ।
तापनि नेपालमा हुने विविधिखाले पत्रकारितामध्ये प्रिन्ट र अनलाइन न्यूज पोर्टल (डिजिटल पत्रिका) हरुमध्ये धेरै जसोले आफ्ना पाठकहरुलाई कुनैपनि घटनाबारे समाचार दिँदा, लेख छाप्ला, फिचर बनाएर छाप्दा र, अरु सूचनाहरुमा सही सूचना र जानकारी प्रवाह गर्नुको सट्टा नियतवश हो वा अञ्जानमा हो आफ्नो समूहको स्वार्थमा धक्का पुरयाउने वा आफूलाई मन नपरेका व्यक्ति, समूह, वर्ग, सामाजिक संघसंस्था, राजनीतिक दल, राजनीतिक दलका नेता तथा कार्यकर्ता, विरोधी खेमा आदिलाई लक्षित गरी जताभावी ढंगले समाचार लेख्ने, छाप्ने र प्रकाशित गर्ने, उनीहरुविरुद्ध लेख छाप्ने, प्रकाशित गर्ने, शिेष सम्पादीय लेख्ने, फिचर बनाउर लेख्ने, छाप्ने गर्ने गरेको देखिन्छ ।
अझ कतिपय अनलाइनकर्मीहरुले त आफैले लेख वा समाचार नलेखेर अरुलाई कसैलाई (आफूले जे भन्यो, त्यही मान्ने हनुमानेहरुलाई) नक्कली नाममा समाचार वा लेख लेख्न लगाएर आफ्नो अनलाइन (डिजटल पत्रिका) मा छाप्ने, प्रकाशित गर्ने गरेको पनि प्रशस्तै देखिन्छ । त्यतिले नपुगेर विशेष समाचार (एङ्कर न्यूज), फिचर लेख लेख्न लगाउने, लेख, रचना लेख्न लगाउने र छाप्ने गरेको पनि प्रशस्तै देखिन्छ । यसरी आफैले लेख्दा वा कुनै संघसंस्था वा व्यक्तिले नै लेख्दा ऊ बारे सबै कुरो थाहा हुने भएकोले गर्दा नै वास्तवमा उही व्यपक्तलाई नक्कली नाममा लेख्न लगाइन्छ, लेखाइन्छ ।
हुन पनि विश्वभरि नै मिडियालाई देशको चौथो अंगसमेत मान्ने गरिन्छ । मेरो कुरोको चुरो के हो भने, अबदेखि कुनै पनि अनलाइन (डिजटल पत्रिका) र दैनिक पत्रपत्रिका तथा साप्ताहिक पत्रपत्रिकाहरुले समाचार, फिचर, लेख र रचनाहरु छाप्दा, प्रकाशित गर्दा वास्तविक समाचारदाता, संवाददाता, फिचर लेखक वा प्रस्तोता लेख रचना लेख्ने लेखक को हो ? पाठकहरुले थाहा पाउन भनेर उसको (सम्बन्धित समाचारको समाचारदाता, सम्वाददाता, फिचर लेखक वा लेख रचना लेख्ने लेखक) को फोटा अनिवार्य रुपमा छाप्नैपर्ने व्यवस्थापछि मात्रै समाचार, फिचर, लेख, रचना प्रकाशित गर्ने, छाप्ने व्यवस्था गर्नु पर्ने देखिन्छ ।
त्यसैले नेपाल पत्रकार महासंघमा चुनिएर आएका नयाँ कार्य समिसतिका महानुभावहरुको विशेष गरेर अनलाइन न्यूज पोर्टल (डिजिटल पत्रिका) बारे केही नयाँ र प्रभावकारी व्यवस्था गरोस् भन्ने सुझाका साथै आशा राखेको छ, यो पंक्तिकारले । किनभने, अभैm पनि नेपालका (सबैले होइन) केही अनलाइन न्यूज पोर्टलहरुले आफ्नो अनलाइनमा समाचार, फिचर र लेख छाप्दा वा प्रकाशित गर्दा कैफियत गर्ने गरेका प्रशस्तै देखिने, भेटिने गरेको छ ।
त्यसैले नेपालका हरेक अनलाइन न्यूज पोर्टलहरुले आफ्नो समाचारदाता वा समाचार प्रेषक, फिचर लेख वा लेख रचनाका लेखकहरुको फोटा, मोबाइल नम्बर, इमेल आदि समेत उल्लेख गर्नैपर्ने, छाप्नैपर्ने नयाँ व्यवस्था लागू गराउनुपर्ने देखिन्छ । यस्तो काम गर्नका लागि नेपाल पत्रकार महासंघले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालय, सूचना विभाग, प्रेस काउन्सिल, नेपाल प्रेस इन्स्टिच्युट, त्यस्तै आफ्नै सहभागितामा कुनै यस्तो काम सहजै गर्न सक्छ ।
हरेक अनलाइन न्यूज पोर्टलहरुले आफ्नो अनलाइनमा प्रकाशित समाचार, फिचर र लेखको लेखक, प्रस्तोताको समाचार, लेख वा फिचरसँगै उसको फोटा, मोबाइल नम्बर, इमेल आदि राख्नैपर्ने व्यवस्था गर्नेतर्पm नेपाल पत्रकार महासंघले अब ढिला गर्नु हुन्नँ । त्यसो गर्न नसकेमा भविश्यमा अभैm पनि अनलाइन न्यूज पोर्टलहरुले आपूm स्वयमले वा अरु कसैको नक्कली नाममा समाचार लेखाउने, छपाउने, फिचर लेखाउने छपाउने र लेख रचना लेखाउने, छपाउने काममा कमी आउने देखिँदैन । त्यसैले जानाजान वा भनौं नियत बाङ््गिएरै पत्रकारिताको नाममा गलत कार्य गर्न चाहने, गर्नेहरुका लागि केही कठोर हुँदै नयाँ व्यवस्था गर्नैपर्ने देखिन्छ, नेपाल पत्रकार महासंघले ।
हुन त केही दैनिक र साप्ताहिक पत्रिकाहरु अनि अनलाइन न्यूज पोर्टलहरु आफै पनि समाजप्रति जिम्मेवार भएर र, जिम्मेवारी महसुस गरेरै होला, सही पत्रकारिता नै गरिरहेको देखिन्छ । त्यसैले ती अनलाइनहरुले कुनै संकोच र लुकाइ, छिपाइ नगरी आफ्नो अनलाइन न्यूज पोर्टलको सूचना विभाग दर्ता नं., कार्यलय रहेको ठेगाना, फोन नं., फोटासहितको प्रकाशकको नाम, प्रधानसम्पादकको नाम, सम्पादकको नाम, लेख रचना प्रमुखको नाम, समाचारदाताको नामदेखि लिएर गार्ड र कार्यालय सहयोगीको नामसमेत राखेको उल्लेख गरेको देखिन्छ, भेटिन्छ । तर, अभैm पनि केही अनलाइन न्यूज पोर्टलहरुले भने, आफ्नो सूचना विभाग दर्ता नं.कति हो ?, कार्यलय रहेको ठेगाना कहाँ हो ?, फोन नं. कति हो ?, प्रकाशक को हो, सम्पादक को हो ?, … को हो …? उल्लेख छैन । त्यसो भएपछि नियत बाँगिएकाहरुले फोटासहितको प्रकाशकको नाम, प्रधानसम्पादकको नाम, सम्पादकको नाम, लेख रचना प्रमुखको नाम, समाचारदाताको नाम राख्ने, उल्लेख गर्ने प्रश्नै रहेन । फेरि पन भन्नै पर्दा उनीहरुको समाचार दिने शैली र उनीहरुले छापेको लेख, रचना, फिचर आदि हेर्दा उनीहरु ‘स्वच्छ मनले पत्रकारिता गर्नका लागि भन्दा पनि आपूmहरुलाई मन नपरेका राजनीतिक दल, संघसंस्था वा व्यक्ति विशेषलाई सिध्याउन वा भनौं खुइल्याउनका लागि मात्रै अनलाइन न्यूज पोर्टल चलाएका हुन् कि भनेझैं देखिन्छ ।
भन्नका लागि साथै ‘नेपालका पहुँच नभएका, नहुने जातजाति, समुदाय, भाषाभाषी, संघसंस्थाहरु, व्यक्तिहरुका विरुद्घ कुनै पनि अनलाइन न्यूज पोर्टल, साप्ताहिक पत्रपत्रिका, एफएम रेडियो, टिभी च्यानल आदि दुरुपयोग नहोेस् भन्नका लागि पनि नेपाल पत्रकार महासंघको २६ महाधिवेशनले चुनिएका नयाँ कार्य समितिका पदाधिकारीहरुले हरेक अनलाइन न्यूज पोर्टलहरुले आफ्नो अनलाइनमा प्रकाशित समाचार, फिचर र लेखको लेखक, प्रस्तोताको समाचार, लेख वा फिचरसँगै उसको फोटो, मोबाइल नम्बर, इमेल आदि राख्नैपर्ने व्यवस्था नगरेमा वा गर्न नसकेमा भविश्यमा अभैm पनि अनलाइन न्यूज पोर्टलहरुले जानाजान गर्ने बदमासीलाई निप्टारा लगाउन नसकिने देखिन्छ भने राज्य, मिडिया, समाजिक सञ्जाल आदिमा पहुँच नभएका वा नहुने नेपालका भुईँतहका जातजाति, समुदाय, भाषाभाषी, वर्ग, समूह आदिलाई ‘नियत बाँगिएरै’ खुलेका नेपालका केही अनलाइन न्यूज पोर्टलहरुले उनीहरुको सास रहेसम्म लखेटिरहने देखिन्छ ।
[email protected]

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप