धरानमा ‘दिन बिताउँछु, रिक्सा कुदाउँछु’ सार्वजनिक

(भिडियोसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज १५

धरानः धरानमा ‘दिन बिताउँछु, रिक्सा कुदाउँछु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
धरानमा आयोजित एक कार्यक्रमका बीच भुपु मेयर तथा वरिष्ठ साहित्यकार बम देवानले सो म्युजिक भिडियो सार्वजनिक गरे । म्युजिक भिडियो कुपी क्रिएसनको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
कार्यक्रममा धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, वरिष्ठ कलाकार, निर्माता तथा निर्देशक प्रेम सुब्बा, विजयपुर हस्पिटलका व्यवस्थापक इन्दु योञ्जन, निर्माता तथा कलाकार नविन मेन्याङ्बो, संगीत प्रशिक्षक विनायक राईलगायतको उपस्थितिमा सो म्युजिक भिडियो सार्वजनिक भएको हो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले म्युजिक भिडियोमा जीवन साथै परिवेशलाई खाँटीरुपमा उतार्न सफल भएको बताएका थिए ।
निम्न वर्गीय जनजीवनको प्रेमका कथा समेटिएको म्युजिक भिडियोको कवि तथा गीतकार विशाल नाल्वोको शब्द रहेको छ छ । रङ्गकर्मी विष्णु मोक्तानको शीर्ष भूमिका रहेको ‘म्युजिक भिडियो’ मा कलाकार तुलसा थापाले सब्जीवालीको भूमिका निभाएकी छिन् भने विष्णुले रिक्सावलको भूमिका निभाएका छन् । भिडियोमा सुजाता राई, अश्विन सुवेदी र सन्देश दाहालको पनि विशेष भूमिका छ ।
गीतमा कुमार प्रधान ‘कल्पित’ तथा प्रिया लामा तामाङले आवाज भरेका छन् । एरेन्जरमा सुम समीर, मिक्सिङ, मास्टरिङ तथा रेकडिष्टमा कपिल सुनुवार रहेका छन् । म्युजिक भिडियोको छायाङ्कन देवराज सिग्देलले गरेका छन् । सम्पादन अनिल राना मगरले गरेका छन् । भिडियोको निर्देशन हरि ईवाहाङ लिम्बूले गरेका छन् ।
धरानको कृषि बजार, शुभम कृषि फर्म, धरान रङ्गशालालगायतका स्थानमा म्युजिक भिडियोको छायाङ्न गरिएको जनाइएको छ । भिडियोमा एकजना रिक्सा चालक युवा र सब्जी व्यापारी युवतीको प्रेमजीवनलाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ । कार्यक्रममा म्युजिक भिडियोका डाइरेक्टर हरि इवाहाङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन मोडल नविना मग्रातीले गरेकी थिइन् । कार्यक्रममा कलाकार, मोडल, गायकलगायतको बाक्लो उपस्थिति थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप