दुर्घटना घटाउने भन्दै धरानमा मुख्यमन्त्रीसँग यातायात व्यवसायीले मागे बजेट

मुख्य राजमार्गमा टाइमकार्ड लागू गर्दा ७५ प्रतिशत न्यूनीकरण, पहाडी राजमार्गमा टाइमकार्ड लागू गरिने


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज ३

धरानः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ १ नं. प्रदेश समिति धरानले मुख्यमन्त्री भीम आचार्यलाई धरानमा भेटेको छ ।
भेटमा सवारी दुर्घटनालाई न्युनीकरण गर्न बजेट माग गर्दै ज्ञापनपत्र बुझाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ १ नं. प्रदेश समितिका संयोजक सरोज श्रेष्ठले जानकारी दिए । उनले बढ्दो दुर्घटनालाई कम गराउन बजेट मागिएको बताए ।
उनले आवश्यक उपकरण तथा सामग्री व्यवस्थापन गर्न आवश्यक बजेट माग गरिएको जानकार िदिए ।
‘खासमा प्रदेश १ मा दुर्घटना बढिरहेको छ साथै दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ, विशेषतः सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यक्रम गर्न, मापसे जाँचलाई कडाइ गर्न, अत्याधिक गतिमा सवारी चलाउनेलाई कारवाही गर्ने, सडक प्रयोग सम्बन्धी ज्ञान, ट्राफिक नियमको ज्ञान साथै प्रदेश सवारी तथा याताया व्यवस्था ऐन २०७६ तथा नियमावली आदिका बारेमा सबै जिल्ला शहरमा सचेतना कार्यक्रम गर्दा केही हदसम्म दुर्घटनाको क्षति गर्न सकिन्छ भनेर मुख्यमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाइएको हो ।’ उनले भने ।
उनले दुर्घटना कम गराउन टाइमकार्डको सिष्टमलाई थप प्रभावकारी बनाइने बताए । गत माघ १५ गतेदेखि प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी र महासंघको सहकार्यमा प्रदेश १ स्थित राजमार्गको कोशी वार भण्टाबारीदेखि मेचीको काकडभिट्टासम्म, धरान–विराटनगर सडकमा टाइमकार्ड लागू गर्दा सोंचेभन्दा राम्रो परिणाम प्राप्त भएको र ७५ प्रतिशत न्यूनीकरण भएकोले यसलाई थप विस्तार गरिने उनले जानकारी दिए ।
यस्तै सहायक राजमार्ग कोशी पहाडी, मेची पहाडी राजमार्गमा जहाँ दुर्घटना बढी हुन्छ त्यहाँ पनि टाइमकार्ड लागू गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप