अबको चाँडै भत्किन्छ ‘ओली कम्पनी’: झाँक्री


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज ३

धरानः नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य नेतृ रामकुमारी झाँक्रीले अबको केही महिनामै केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) भत्किने दावी गरेकी छन् ।
समाजवादी प्रेस संगठनले शनिवार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेलाई ‘ओली कम्पनी’ भन्दै सम्बोधन गरेकी झाँक्रीले अबको सात महिनासम्म सुस्त गतिमा एमाले भत्किने दावी गरेकी हुन् । ८ महिनापछि संघ र प्रदेशको निर्वाचनको प्रक्रिया शुरु हुने र त्यसपछि सामान्य विद्रोह नभई ओली कम्पनीमा पहिरो नै जाने ठोकुवा गरिन् ।
उनले ओली सच्चिने कुनै सम्भावना नरहेको दावी गर्दै निर्वाचन अघि ओलीलाई आफ्ना सयौँ नेता कार्यकताहरूले साथ छाड्ने बताइन् । उनले ओलीतर्फ लागेकाहरु तिर इंकित गर्दै भनिन्, ‘कुनै चिज बिग्रेपछि काम लाग्दैन, ओली सच्चिने कुनै सम्भावना छैन। त्यसकारण कुनै सम्भावना नै नभएको घरमा बस्नु भन्दा समयमै त्यहाँबाट छोडेर यो आन्दोलनमा समाहित हुनु सबैका लागि हितकर हुनेछ ।’
एमालेको नेतृत्वमा अवसरवाद, व्यक्तिवाद, नातावाद, विसर्जनवाद, दक्षिणपन्थी हावी भई पार्टी सच्चिनै नसक्ने अवस्थामा गएपछि आफूहरुले विद्रोह गरेको नेतृ झाँक्रीले बताइन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप