धरानमा परिवर्तनका लागि सामाजिक अभियानद्वारा मुटुरोगको परीक्षण

७० वर्ष कटेका २० जना लाभान्वित


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २

धरानः परिवर्तनका लागि सामाजिक अभियानले मुटुरोगसम्बन्धी सामाजिक स्वास्थ्य क्लिनिक कार्यक्रम आयोजना गरेको छ ।
शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहले निःशुल्क रुपमा परीक्षण गरेका थिए । सो स्वास्थ्य क्लिनिकमा धरान र धरान बाहिरबाट आएका ७० वर्षमाथिका २० जनालाई जाँच गरिएको थियो ।
७० वर्ष काटेका बुबाआमाहरुलाई अस्पतालको भीडमा उभिन गाह्रो हुने र सजिलो होस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको अभियानका अध्यक्ष विष्णु बरालले जानकारी दिए । परिवर्तनका लागि सामाजिक अभियान सबैको साझा अभियान भएको र यसले सामाजिक कार्य सँगसँगै विशेषगरी स्वास्थ्य र शिक्षा सम्बन्धी कार्यक्रमहरु गर्ने अध्यक्ष बरालले बताए ।
गम्भिर प्रकारका रोग लागेता पनि करिब डेढ वर्ष अघिदेखि अस्पतालमा नगई घरमै बसेका बिरामीहरु समेत यस कार्यक्रममा जाँच गर्न आएर लाभान्वित भएका थिए । ७० वर्ष माथिका जेष्ठ नागरिकहरुका लागि आयोजना गरिएको सो कार्यक्रम निकै फलदायी भएको डा. प्रशान्त शाहले बताए । डा. शाहले भने, ‘धेरै जना बिरामीहरु कोभिडको कारणले पनि हुनसक्छ, लामो समयदेखि अस्पताल नआइ घरमै बस्नु भएको पाइयो, आजको कार्यक्रमबाट वहाँहरुमा आफ्नो स्वास्थ्यसम्बन्धी सचेतना पक्कै पनि बढ्छ भन्ने मैले विश्वास लिएको छु ।’
कार्यक्रमका संयोजक त्रिभुवन बरालले यो कार्यक्रम पाक्षिक रुपमा सञ्चालन हुने बताएका थिए । परिवर्तनका लागि सामाजिक अभियानका अभियानकर्मीहरु विदुर थापा, वर्षा श्रेष्ठ अग्रवाल, प्रशान्त बंशल, जेनिस शाक्य, त्रिभुवन बराल, ज्योति आचार्य, पत्रकार भोजराज श्रेष्ठ, मोहन श्रेष्ठलगायतको सहभागिता रहेको कार्यक्रम धरान मोडल कलेजको हाताभित्र सञ्चालन भएको थियो ।
त्यसैगरी आफ्नो आमाको मुटुजाँच गराउन आएका धरान-१५ निवासी विशाल भण्डारीले यो कार्यक्रमले आमाबुबाहरुलाई निकै नै सजिलो भएको र आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप