पैदलयात्रीमाथि मोटरसाइकलको ठक्कर, एकजनाको मृत्यु

चालक कामत फरार


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २

विराटनगरः विराटनगर-६ मा पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
बिएफएम छेऊ भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश नं १–०२–०४४ प ९१० नम्बरको मोटरसाइकलले पैदलयात्री विराटनगर-११ बस्ने वर्ष ६० को रामलखन साहलाई ठक्कर दिएको थियो । उनको टाउको, शरीरको विभिन्न भागमा चोट लागेको थियो ।
दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
मोटरसाइकल चालक अन्दाजी वर्ष ३१ को ओमप्रकाश कामत फरार रहेको र मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । अहिले पनि चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । तीब्र गतिमा मोटरसाइकल चलाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले शुक्रबार साँझ साढे ६ बजे दुर्घटना भएको र राति १२ः४५ बजे पैदलयात्री रामलखनको मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप