धरानमा सवारीमाथिको आस्था

धरानको विश्वकर्मा र शनि मन्दिरमा सवारी पुज्ने र पूजाआजा गर्नेको भीड (५७ तस्वीर)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज १

धरानः आस्थाकै केन्द्रविन्दु धरानको तीनकुनेस्थित विश्वकर्मा मन्दिर र शनि मन्दिरमा सवारी साधन पुज्ने र पूजाआजा गर्नेको भीड लागेको छ ।
बेलबारीबाट आइपुगेका सुमन राईले नयाँ मोटरसाइकल किनेकोले विश्वकर्मा मन्दिरमा पूजा गर्न आइपुगेको बताए । ‘नयाँ सवारी साधन धरानमै किनें’, उनले थपे, ‘विश्वकर्माप्रतिको आस्था र विश्वास रहेकोले पूजाआजाका लागि बेलबारीदेखि आइपुगेको हुँ,’ उनले भने ।
विगत वर्षहरुमा निकै तामझाम र उत्साहका साथ मनाइने गरेको विश्वकर्मा पूजा यस वर्षपनि उस्तै रह्यो । अघिल्लो वर्ष कोरोना महामारीका कारण स्थानीय सरकारले मन्दिर बन्द गरिदिएको थियो । अघिल्लो वर्ष विश्वकर्मा पूजा घरघरमै मनाइएको थियो । यो वर्ष खुल्ला रहेको छ । यस वर्षपनि कोरोना महामारी यथावत रहेपनि भीडभाड भने निकै थियो । प्रहरीले पनि भौतिक दुरी कायम गर्न पटक पटक आग्रह गरिरहेको थियो भने सामाजिक कार्यमा सक्रिय केही युवाले माक्स समेत वितरण गरेको देखिन्थ्यो ।
यसपटक हजारौं सवारी साधनको लाइन लाग्यो । मन्दिरका पूजारी प्रहलाद रेग्मीले कोरोनाका कारण प्रभावित बनेको विश्वकर्मा मन्दिर यस वर्ष खोलिँदा भक्तजन आएको बताए । उनले मन्दिरमा पूजा गर्नेको संख्या बढेको बताए । उनले विश्वकर्मा पूजाकै दिन नयाँ सवारी साधन खरिद गर्ने र पूजा गर्नेको संख्या पनि उल्लेख्य रहेको बताए ।
शनि मन्दिरका पुजारी काग बाबा अर्थात् विश्वदेव पोखरेलले शनिदेवको नराम्रो दृष्टि नपरोस् शनि सधै प्रसन्न रहुन भनेर शनिदेवको पूजा गर्ने प्रचलन रहेको जानकारी दिए । यही मनोविज्ञानले पनि धरानस्थित शनिमन्दिरमा शनिबारको दिन विशेष भीडभाड रहन्छ । नौ ग्रह र शनिशक्तिको स्थापना गरेपछि पूजाआजा हुँदै आएको उनी बताउँछन् । २०५८ सालदेखि निरन्तर शनिमन्दिरमा पूजाआजा हुँदै आएको उनी बताउँछन् ।
तस्वीरहरुः शेखरनाथ जोगी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप