धरानमा बाल दिवसमा कविता प्रतियोगिता, प्रभाष प्रथम


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ २९

धरानः ५७ औं राष्ट्रिय बाल दिवस धरानमा पनि मनाइएको छ । धरान नगर बाल सञ्जालले बाल दिवसको अवसरमा कविता प्रतियोगिता आयोजना गरेको छ ।
धरान उपमहानगरपालिकाको सभाहलमा आयोजित प्रतियोगितामा प्रभास नेपाल प्रथम, प्रमेश आले मगर द्वितीय, तुलषा राई तृतीय भएका छन् । रेजिना लामिछाने र अंकित ढुंगाना सान्त्वना भएका छन् ।
उनीहरुलाई उपप्रमुख मञ्जु भण्डारीले नगदसहित प्रमाण पत्र प्रदान गरेकी छिन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार रुपैयाँसहित प्रमाणपत्र वितरण गरिएको थियो । सान्त्वना हुने दुवैजनालाई जनही १ हजार रुपैयाँसहित प्रमाणपत्र वितरण गरिएको थियो ।
शिक्षा तथा खेलकुद महाशाखा प्रमुख रत्नबहादुर कट्वाल, सामाजिक महाशाखा प्रमुख प्रज्ञादेखी निरौला र बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले प्रतियोगिताको सहजीकरण गरेका थिए । ‘बालबालिका र कोरोना महामारी’ भन्ने शीर्षकमा १४ जनाले प्रतियोगितामा सहभागिता जनाएको थियो ।
उपप्रमुख भण्डारीले धरानका केही वडाहरु बालमैत्री वडा घोषणा हुन बाँकी रहेको बताइन् । उनले बालमैत्री वडा घोषणा भएपछि धरानलाई बालमैत्री नगर घोषणा गरिने बताइन् । बालबालिकाको क्षमता विकास गर्ने दायित्व नगरपालिकाको रहेको उनको भनाई थियो । कार्यक्रममा बालबालिकाहरुले नृत्य, गायनजस्ता प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप