खैरोहिरोइनसहित दुईजना समातिए


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ २९

बिर्तामोडः बिर्तामोड–३ बाट लागूऔषध खैरोहिरोइन ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ पथरी–२ का ३४ वर्षीय भिमराज राई र पथरी–१ का ३२ वर्षीय अनुप सुब्बा लिम्बू रहेका छन ।
को २७ प ८६७४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा चालक राईको साथबाट २३ ग्राम खैरोहिरोइन ब्राउनसुगर फेला पारी बरामद गरेको हो । पक्राउ परेका राई उपर थप अनुसन्धान गर्ने क्रममा ब्राउनसुगर ओसारपसारमा लिम्बू समेतको संलग्नता पाइएकोले उनलाई समेत पक्राउ गरी दुवैजनाउपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप