धनकुटाका प्रहरी जवानको शव पोखरीमा डुबेको अवस्थामा फेला


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ २९

बिर्तामोडः झापामा एक प्रहरी जवानको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको छ ।
पोखरीमा डुबेर प्रहरी जवानको मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटाको पाख्रीबास नगरपालिका– १४ घर भएका २५ वर्षीय प्रहरी जवान सरोज गिरीको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो ।
झापा कचनकवल गाउँपालिका–१ को पोखरीमा डुबेर उनको मृत्यु भएको हो । उनी कचनकवल गाउँपालिका – १ प्रहरी चौकी पिन्डलबारीमा कार्यरत रहेको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।
नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनलाई जिप्रका झापाको टोलीले मृत फेला पारेको हो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप