धरानमा किशोरीलाई सचेत गराउँदै किशोरी

यौन तथा प्रजनन स्वास्थ्यबारे सचेत गराउने उनी भन्छिन्- भानुचोक र इटहरीमा दुरव्यवहार हुँदा पब्लिकमाझमै झापड हानें (भिडियोसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ २८

धरानः धरानमा किशोरी यौन तथा प्रजनन स्वास्थ्यबारे किशोरकिशोरीलाई सचेत गराउँदै आएकी छिन् । धरान-६ पानबारीकी पुष्पा कटुवाल १९ वर्षकी भइन् । उनले किशोरकिशोरीलाई सचेत गराउँदै आएकी छिन् ।
उनी धरान-५ र १७ मा किशोरकिशोरीलाई सचेत गराउन खटिरहेकी छिन् । किशोरकिशोरीका यौन तथा प्रजनन समस्या, हिंसा साथै किशोरीकिशोर उमेर (टिएजर्स) मा कसरी सम्हालिएर बस्नेलगायतका विषयमा विशेषतः जोड दिँदै आएको उनी बताउँछिन् । भन्छिन्, ‘कार्यक्रम एकदमै फलदायी हुँदै गएको छ, अहिलेसम्म धेरै किशोरकिशोरीमा परिवर्तन आएको पाएकी छु ।’
उनीसहित सुनसरीमै १२ किशोरकिशोरी किशोरकिशोरीलाई सचेत गराउँदै आएका छन् । आशा शाह, आकांक्षा माझी, रोशन थारु, विज्ञान विष्टलगायत अन्यले सुनसरीमा किशोरकिशोरीलाई सचेत गराउँदै आएका छन् ।

‘विशेषतः १२ जना खटिएका छौं’, उनले भनिन्, ‘नानीहरुलाई पढाउने, प्रजनन स्वास्थ्य, किशोर अवस्थामा आउने परिवर्तन, किशोरी अधिकार, प्रजनन स्वास्थ्य अधिकार के हो, स्यानेटरी प्याड बनाउने, किशोरकिशोरीले जीवनलाई कसरी सम्हाल्नेलगायतका जानकारी दिँदै आएका छौं ।’
कतिपय किशोरीहरु बोल्दा पनि डराउने तर अहिले खुल्न थालेको उनले बताइन् । ‘यसअघि त किशारेीहरु बोल्न पनि डराउँथे तर अहिले केही सहज हुँदै गएको छ, किशोर–किशोरी अवस्थामा हुने शारीरिक, मनोसामाजिक तथा यौनिक परिवर्तन, प्रजनन स्वास्थ, गर्भनिरोधक उपाय, परिवार नियोजन जस्ता विषयमा कुनै कुरा नलुकाई भनिदिन्छौं’, उनले भनिन्, ‘हामीले खुलेरभन्दा उनीहरुले पनि धक नमानी आफ्ना कुरा भन्दा रहेछन्, यसबाट यौन तथा प्रजनन स्वास्थ्यलाई प्रवद्र्धन एवं समस्यालाई समाधान गर्न सजिलो भइराखेको छ, कम उमेरमा विवाह गर्नु हुँदैन भन्ने सामाजिक चेतना बढेको छ । किशोर–किशोरीले यौन तथा प्रजननका आफ्ना समस्या लुकाउन छाड्दै गएका छन्,’ उनले भनिन् ।
किताबमा पढाइ हुनेबाहेक अन्य कुरा अर्थात् ‘गुड टच, ब्याड टप’ बारे पनि आफूहरुले जानकारी दिँदै आएको उनले सुनाइन् । ‘गुड टच भनेको राम्रो छुवाइ हो, उनीहरुलाई राम्रो फिल भइरहेको छ भने गुड टच भयो’, उनले थपिन्, ‘ब्याड टच भनेको संवेदनशील अङ्गमा टच गरे त्योचाहिँ ब्याड टप भयो ।’
धरानमा समस्या
उनले धरानमा पनि किशोरीका समस्या धेरै रहेको औंल्याइन् । ‘धरानमा अझै पनि बालविवाह, प्रजनन स्वास्थ्यबारे नखुल्ने, टिनएज प्रिग्नेन्सी बढ्दो रहेको छ, यसले गर्दा समस्या पनि थपिँदै गएको छ,’ उनले भनिन्, ‘उनीहरुले फेमिली प्लानिङअनुसारको डिभाइसहरु प्रयोग नगर्ने गरिएको पाइएको छ, यस्तै, सेक्स गर्ने अनि ७२ घण्टाको पिल्सहरु प्रयोग गर्ने, सरकारी अस्पताल पुग्नुपर्ने, प्राइभेट हस्पिटलमा पुगेर गर्भपतन गर्ने गरेको पाइएको छ’, उनी थप्छिन्, ‘यसले धेरै समस्याहरु थपिन पुग्छ, पैसा खर्च गर्ने, सही उपचार नपाउने सम्भावना हुन्छ ।’
किशोरकिशोरीहरु उमेरमा एक अर्काप्रति आकर्षित हुने हुन्छ । धरानमा भागी विवाह हुँदा बालविवाह स्वतः बढेको उनको भनाइ छ । उनले भागी विवाहले पनि समस्या थपिँदै गएको बताइन् । ‘सानैमा भागीविवाह गर्दा समस्या चुलिँदो छ’, उनी थप्छिन्, ‘भागी विवाहको केही वर्षपछि केटालाई अर्कै केटी मनपर्ने, केटीलाई अर्कै केटा मनपर्ने सम्म हुन्छ, त्यसो हुँदा अन्त्यमा उनीहरुबीच डिभोर्ससमेत हुन जान्छ ।’

असुरक्षित गर्भपतन
किशोरकिशोरीहरु उनीहरुको यो उमेरमा यौन तथा प्रजनन स्वास्थ्यबारे अनभिज्ञ नै छन् । ‘प्रजनन स्वास्थ्य नै लाजमर्दो विषय हो भन्ने बुझाइ आम किशोरकिशोरीमा छ’, उनी भन्छिन्, ‘त्यसैले पनि विशेषतः यो उमेरमा असुरक्षित गर्भपतन गर्ने गरेको पाइन्छ, त्यसैले किशोरकिशोरीलाई ‘होल’ रुपमा परामर्श जरुरी छ ।’
विद्यालयमा चासो दिइँदैन
विद्यालयमा प्रजनन स्वास्थ्यको बारेमा खासै चासो दिइँदैन । यसलाई विशेष चासो दिइनुपर्छ । ‘विशेषतः जीवनमा चाहिने शिक्षा नै प्रजनन स्वास्थ्य हो तरपनि किशोरीहरुलाई विद्यालय पढाउँदा यो विषयलाई प्राथमिकता दिइँदैन, त्यसैले प्रजनन शिक्षा दिन जरुरी भइसकेको छ ।’ उनले प्रजनन स्वास्थ्यबारे पढाइदिए मात्रै आधा समस्याको समाधान हुने तर्क गरिन् । स्कुलमा कक्षा १ देखि १० सम्म बृहतर यौन शिक्षा साथै स्वास्थ्यको विषय पढाइ भएपनि कक्षा–१२ सम्म नै यो शिक्षा आवश्यक भइसकेको उनी बताउँछिन् ।
स्थानीय निकाय बेखबर
स्थानीय तहले पनि योजना तर्जुमा गर्दा किशोरकिशोरीलाई पनि समेट्नुपर्ने उनले बताइन् । ‘खासमा बालबालिका र युवापुस्ताको लागि भनेर बजेट छुटिन्छ तर किशोरकिशोरी भनेर कहिल्यै बजेट छुटिएको पाइएको छैन, त्यसैले पनि किशोरकिशोरीका धेरैजसो कार्यक्रम प्रभावकारी हुन नसकेका हुन्’, उनी भन्छिन्, ‘त्यसैले किशोरकिशोरीका लागि प्रभावकारी हुने कार्यक्रम ल्याउनका लागि बेग्लै फन्ड तयार गरिनुपर्छ ।’
धरानको मामिलामा कुरा गर्ने हो भने किशोरकिशोरी लक्षित कार्यक्रम हुन नसकेको उनले दुखेसो पोखिन् । ‘यस्तो कार्यक्रम नै सञ्चालन हुन सकेको छैन,’ उनी थप्छिन्, ‘उपमहानगरपालिका यौन तथा प्रजनन स्वास्थ्यलाई बढी ध्यान दिनुपर्छ ।’

किशोरी पनि हिंसामा
धरानमा बस स्टेण्ड, सार्वजनिक ठाउँ आदिमा किशोरी हिंसामा पर्ने गरेको उनले बताइन् । ‘विशेषतः सार्वजनिक ठाउँमै किशोरी हिंसामा परिरहेका हुन्छन्, छुने, जिस्क्याउने, हात समाउने आदि इत्यादि भइरहन्छ,’ उनी भन्छिन्, ‘तर फर्केर जवाफ दिन सकियो भने यो कुराबाट बचिन्छ ।’
पब्लिकमै झापड हानें
उनले आफूले पब्लिकमै झापड हानेको पनि सुनाइन् । धरान र इटहरीमा उनले झापड हानेको बताइन् । ‘धरानको भानुचोकमा हिँडिरहेको थिएँ, त्यतिबेला मलाई एकजना हात समाउँदै कता जाने भन्दै आइपुगे, मैले ‘नो’ भनिरहेको थिएँ तर पनि उसले नछाडेपछि मैले एक्सन लिएर झापड हानें ।’
यस्तै, इटहरीबाट फर्किँदा पनि आफूले दुव्र्यवहार नसहेको उनले बताइन् । ‘तपाई धरान जानुहुन्छ, हाम्रो गाडीमा जानुपर्छ है भन्दै हात समाउन आइपुग्नुभयो, मैले तपाईको गाडीमा गएपनि अर्कोमा गएपनि हातचाहिँ नसमाप्नु है भनिदिएँ तर पनि हात समातिरहनुभयो, मैले हात तल झड्काल्दै, तिनलाई पनि झापड लगाइदिएँ ।’ दुव्र्यवहार हुँदा ‘नो’ भन्न सक्नुपर्छ, त्यतिभन्दा पनि भएन भने एक्सन लिइहाल्नुपर्ने उनी सुझाउँछिन् ।
(प्लान तथा युथ क्रियशनको सहकार्यमा सञ्चालन भइरहेको परियोजनामा कार्यरत पुष्पासँग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप