दशैंका नयाँ नोट असोज ४ गतेदेखि नै साट्न पाइने


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ २८

धरानः यसपटक राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । केन्द्रीय बैंकले दशैं–तिहार लक्षित गरी २ खर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गर्ने भएको हो ।
राष्ट्र बैंकले गत वर्ष कोभिड–१९ को संक्रमण जोखिमको कारण नयाँ नोट सटही गरेको थिएन । तर, यसपटक भने गत वर्षको नयाँ नोट नपाउँदा सर्वसाधारणको गुनासो आएको हुँदा स्वास्थ्य मापदण्ड पालना लगाइ नयाँ नोट वितरण गर्ने उनले बताए ।
केन्द्रीय बैंकले असोज ४ गतेदेखि असोज २४ गतेसम्म वितरण गर्ने राष्ट्र बैंक नोट विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए । ‘बैंकहरुलाई भने एक साता अघिदेखि नयाँ नोट दिन थालेका छौं, सर्वसाधारणका लागि भने असोज ४ गतेदेखि वितरण हुन्छ,’ नेपालले भने, ‘दशैको विदा शुरु नहुँदासम्म काठमाडौंलगायत ७ वटै प्रादेशिका कार्यालयबाट नयाँ नोट वितरण हुनेछ ।’
साना र ठूला दरका नोट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँ वितरण गरिने उनले जानकारी दिए । संस्थागत प्रयोजनका लागि भने राष्ट्र बैंकले २ करोडदेखि ५ करोड रुपैयाँसम्म नयाँ तथा सुकिला नोट उपलब्ध गराउने छ ।
साना दरका नोटमा ५, १०, ५० र १०० दरका नोट हुन् भने ५०० र १००० दरका नोटलाई ठूला दरका नोटमा राष्ट्र बैंकले वर्गीकरण गरेको छ । यसबाहेक सुकिला नोटहरु समेत पर्याप्त स्टकमा रहेको हुँदा नोट सटहीका लागि कुनै पनि समस्या नहुने नेपालले बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप