सुनसरीका विभिन्न ठाउँबाट लागूऔषध र प्रतिबन्धित औषधिसिहत ६ जना समातिए


  • कोशी अवाज
  • २०७८ भदौ २८

धरानः सुनसरीको कोशी गाउँपालिका–८ कोशी कटान क्षेत्रबाट लागूऔषधसहित तीनजना समातिएका छन् ।
६० बोतल डाइलेक्स डीसी, २४ पत्तामा १००८ थान स्पास्मोप्रोक्सीभन क्याप्सुल र भारतीय नगद रु. २० हजारसहित तीनजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरु जिल्ला सप्तरी हनुमान नगर कंकालनी–७ बस्ने वर्ष २१ को सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पञ्चायत सम्दाहा गडी–१२ बस्ने वर्ष २२ को अवधेषकुमार मण्डल र जिल्ला सुपौल भगवानपुर पञ्चायत सम्दाहा गडी–१२ बस्ने वर्ष २५ को रोशन मण्डल छन् । रोशनकुमारको साथबाट भारतीय रुपैयाँ नगद २० हजार समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
सप्तरी जिल्लाको हनुमाननगरबाट ठूलो मात्रामा लागूऔषध सुनसरी जिल्ला भित्रिँदैछ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबारी समूहलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
यसैगरी, सुनसरी भोक्राह नर्सिङ–६ बाट अररिया जिल्ला वेलगामा पञ्चायत घुर्ना थाना–५ (भारत) बस्ने वर्ष १९ को रुपेशकुमार मेहताको साथबाट डाइलेक्स डीसी १६ बोतल, नाइट्रोसन ८ पत्तामा ८० ट्याक्लेट स्पास्मोप्रोक्सिभन प्लस ५ पत्तामा १२० क्याप्सुल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारवाही प्रकृयाका लागि जिल्ला अदालतबाट दिन ७ (सात) म्याद लिई कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरी चेकिङ टोलीले आकस्मिकरुपमा चेकजाँच गर्ने क्रममा इनरुवा–४ बसपार्क एरियामा हरिनगरा गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ४० को विष्णु रिसिदेवलाई प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप